मेचीनगर । मेचीनगर – ८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माविले सोमबार खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ । प्याब्सन झापाको आयोजनामा हालै सम्पन्न जिल्ला स्तरीय भलिवल प्रतियोगितामा दोस्रो स्थान हासिलगरी विद्यालयको गौरव बढाएको भन्दै विद्यालयले खलाडी विद्यार्थीहरुलाई खादा ओढाएर सम्मान पत्र सहित सम्मान गरेको हो ।
प्याब्सन मेचीनगरको हालै सम्पन्न स्पोर्ट मिट २०८२ मा सहभागि विद्यालयहरुलाई पछि पार्दै एभरेष्टले छात्र भलिबल तर्फ उपाधि रचेको थियो । नगर स्थितरीय भलिबल प्रतियोगितामा उत्कृष्ट बनेका विद्यालयहरुबीच जिल्ला स्तरीय प्रतियोगितामा प्रतिष्पर्धा भएको र एभरेष्टले दोस्रो स्थान हासिल गरेको विद्यालयका कोअर्डिनेटर रुपसागर अधिकारीले जानकारी दिए ।
प्याब्सनले केर्खाको खेल मैदानमा यही मंसिर १२ र १३ गते जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको थियो । एभरेष्टले दमकसँग प्रतिष्पर्धा गरेको विद्यालयले जनाएको छ ।
सो अवसरमा विद्यालयले बिभिन्न आन्तरिक प्रतियोगितामा समेत उत्कृष्ट बनेका विद्यार्थीहरुलाई समेत सम्मान गरेको थियो ।


प्रतिकृया दिनुहोस्