काँकरभिट्टा । काँकरभिट्टा स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयले मंगलबार ४० औं स्थापना दिवस विविध कार्यक्रमका साथ भब्य रुपमा मनाएको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । सो अवसरमा शिक्षकहरुको प्रस्तुती समेत कम थिएन ।

कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक स्व. प्रेम बहादुर थापा र उहाँको धर्मपत्नी स्व. लालमाया थापा, र स्व.कर्णकुमारी थापाको सम्झनामा दीप प्रज्वलन समेत गरिएको थियो । विद्यालयकी प्रिन्सिपल अनिता थापाले ४० औं स्थापना दिवसको अवसरमा सांगीतिक कार्यक्रम आयोजना गर्नुको साथै विद्यालयका संस्थापक प्रिन्सिपल स्व. बुवा–आमा प्रति श्रद्धा–सुमन ब्यक्त गरिएको बताइन् ।

यस विद्यालयले पढाइको अतिरिक्त विद्यार्थीहरु प्रतिभा उजागर गर्न बिभिन्न सीप मूलक तालिम लगायत विविध कार्यक्रम गर्दै आएको उनको भनाइ छ । २०४२ पसु १ गते काँकरभिट्टामा पशुपति अंग्रेजी विद्यालय स्थापना गरिएको विद्यालय परिवारले जनाएको छ । सांगीतिक कार्यक्रमको सञ्चालन शिक्षक भानु कार्कीले गरेका थिए ।



प्रतिकृया दिनुहोस्