मेचीनगर । मेचीनगर – १४ वडा कार्यालयको आयोजनामा सञ्चालित साविक दुवागढी स्तरीय महिता तथा पुरुष कबड्डी प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
साविक दुवागढी स्तरीय प्रतियोगिताको पुरुष तर्फको खेलमा वडानम्बर ६ ले उपाधि रच्न सफल भएको छ भने महिला तर्फको खेलको उपाधि साविक वडानम्बर ७ ले हात पार्याे ।
शुक्रबारबाट सुरु भएको प्रतियोगितामा साविक दुवागढीका १० वटा टिमले सहभागिता जनाएका थिए ।

यहाँ स्थित होल्डिङ सेन्टरको मैदानमा आयोजित फाइनल खेलमा पुरुष तर्फ वडानम्बर ६ र वडानम्बर ८ बीच प्रतिष्पर्धा भएको थियो । सो खेलमा वडानम्बर ८ उपविजेता बन्यो । त्यस्तै महिला तर्फको खेलमा वडानम्बर – ७ र वडानम्बर – ९ बीच प्रतिष्पर्धा भएको थियो । महिला तर्फको खेलमा वडानम्बर – ९ उपविजेता घोषित भयो ।
प्रतियोगितामा साविक वडानम्बर १, ६, ७, ८ र ९ बाट महिला तर्फ ५ वटा र पुरुष तर्फ ५ वटा गरी जम्मा १० वटा टिमले भागलिएको खेल संयोजक दीपक सुवेदीले जानकारी दिए ।
प्रतियोगितामा विजेत तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि एवम् अतिथिहरुले ट्रफी मेडल तथा नगद प्रदान गरेका थिए । पुरुष तर्फको खेलको मेनअफद सिरिज राहुल मगराती र महिला तर्फको मेन अफद सिरिज कृतिका ढकाल घोषित भए ।

गाउँ गाउँमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न तथा खेल तर्फ खेलाडीहरुलाई प्रेरित गर्न कबड्डी प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बाबुलाल सुब्बाले बताए । कुनै समय नेपालमा राष्ट्रिय प्रतियोगिता भएको कबड्डी खेल पछिल्लो समय लोप हुँदै गएको उनले बताए । कबड्डी खेल खेलाउने विषयमा कसैको ध्यान गएको देखिएन वडाध्यक्ष सुब्बाले भने हामी कबड्डी खेलेलाई पुनः स्थापित गर्नेगरी खेलाडीहरुलाई प्रोत्साहित गर्ने छौं । थोरै बजेटमै भएपनि खेलको सुरुवात गरेको र आगामी दिनमा यो खेललाई प्राथमिकता दिने उनको भनाइ थियो ।

खेल संयोजक दीपक सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रश सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल, नेपालकी अन्तर्राष्ट्रिय कबड्डी रेफ्री रेश्मा कुमारी राजवंशी, बाल सुबोधिनी माविका प्रधानाध्यापक विश्व थापा, विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकुमार रिजाल, आपसी सहकारी संस्थाका अध्यक्ष सरदकुमार सिवाकोटी, सानाकिसान सहकारी संस्था लि.का अध्यक्ष डिल्लीराम भण्डारी, १४ नम्बर खेलकुद विकास समितिका अध्यक्ष मिनप्रसाद सुुवेदी, नेकपा एमाले वडा पार्टी अध्यक्ष मनकुमार राउत, समाजसेवी प्रेम कार्की, सुरेश बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।
शुक्रबार उद्घाटन खेल बाल सुबोधिनी माविको खेल भएको थियो । भने प्रतियोगिताको उद्घाटन नेपाल रेटक्रश सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले गरेका थिए ।


प्रतिकृया दिनुहोस्