स्थानीय खबर
शिक्षासेवी तथा धार्मिक ब्याक्ति शिवप्रसाद बरालको निधन
कनकाई । कनकाई – ३ निवासी शिक्षासेवी तथा धार्मिक व्याक्ति शिवप्रसाद बरालको ८६ वर्षको उमेरमा मंगलबार असामयिक निधन भएको छ । विगत केही महिनादेखि स्वास्थयमा बिभिन्न समस्या भएपछि उहाँ थलिनु भएको थियो । उहाँको निजी निवासमा निधन भएको परिवारले जनाएको छ । ताप्लेजुङ स्थित खेजेनिममा बुवा रविचन्द्र र आमा लिलादेवीको जेठो सुपुत्रको रुपमा १९९६ सालमा […]
पूरा पढ्नुहोस्
मेचीकृषक बहुमुख सहकारी संस्थाको २६ औं वार्षिक उत्सवको अवसरमा सम्मान
मेचीनगर । मेचीकृषक बहुमुख सहकारी संस्थाको २६ औं वार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ । मेचीनगर –८ स्थित श्री कृष्ण व्यासाश्रममा आयोजित वार्षिकोत्सव कार्यक्रममा सहकारी संस्थाले बिभिन्न व्याक्तित्वहरुलाई सम्मान गरेको थियो । सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सहकारीले मेचीनगर – १० निवासी सहकारी अभियान्ता दुर्गा खतिवडालाई सम्मान गरेको छ । उनलाई स्व. डिकबहादुर स्मृति […]
पूरा पढ्नुहोस्
मेचीनगरमा पाँचौँ अन्तर–विद्यालय कविता प्रतियोगिता सम्पन्न, सिनियर तर्फ आदर्श विद्या मन्दिर र जुनियर तर्फ दन्तकाली प्रथम
मेचीनगर । नेशनल प्याब्सन मेचीनगरको आयोजनामा पाँचौँ मेचीनगर नगरपालिका स्तरीय अन्तर–विद्यालय कविता प्रतियोगिता सोमबार भव्य रूपमा सम्पन्न भएको छ । मेचीनगर–१३ चाराली (तेलीबारी) स्थित डन्बस्को इङ्गलिस बोर्डिङ स्कुल को प्राङ्गणमा आयोजित कार्यक्रममा मेचीनगरका १३ वटा विद्यालयहरुको सहभागिता थियो । प्रतियोगिता नेपाली माध्यम अन्तर्गत जुनियर र सिनियर गरी दुई विधामा सञ्चालन गरिएको थियो । विद्यार्थीहरूको साहित्यिक […]
पूरा पढ्नुहोस्
मेचीनगरमा पाँच महिनामा ४६ जना नयाँ क्षयरोगी भेटिए
मेचीनगर, १४ पुस । मेचीनगर नगरपालिकामा साउन यता पाँच महिनामा ४६ जना नयाँ क्षयरोगका विरामी भेटिएका छन् । मेचीनगरमा क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत सोमबार नगरपालिकाको सभाहलमा स्वास्थ्य शाखाले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा सो कुरा जानकारी गराएको हो । २०८२ साउनदेखि मंसिर महिना सम्ममा ४६ जना नयाँ क्षयरोगका विरामी पत्ता लागेको छ । […]
पूरा पढ्नुहोस्
होराइजन ‘डान्सिङ आइडल सिन्सा’ र ‘सिंगिङ आइडल प्रतिक विक’
धुलाबारी १२ । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित ‘इष्ट होराइजन सिंगिङ एण्ड डान्सिङ आइडल–२०८२’ शनिबार सम्पन्न भएको छ । स्कूल परिसरमा आयोजित भव्य समारोहकाबीच सम्पन कार्यक्रममा यस वर्षको होराइजन डान्सिङ आइडल सिन्सा तुम्रुक र होराइजन सिंगिङ आइडल प्रतिक विक बनेका छन् । अडियन्स भोटिङबाट डान्सतर्फ छिन्नालता अधिकारी र सिंगिङतर्फ प्रतिक विक उत्कृष्ट बनेका छन् […]
पूरा पढ्नुहोस्
साविक दुवागढी स्तरीय पुरुष तथा महिला कबड्डी प्रतियोगिताको उपाधि वडानम्बर ६ र ७ जित्यो
मेचीनगर । मेचीनगर – १४ वडा कार्यालयको आयोजनामा सञ्चालित साविक दुवागढी स्तरीय महिता तथा पुरुष कबड्डी प्रतियोगिता शनिबार सम्पन्न भएको छ । साविक दुवागढी स्तरीय प्रतियोगिताको पुरुष तर्फको खेलमा वडानम्बर ६ ले उपाधि रच्न सफल भएको छ भने महिला तर्फको खेलको उपाधि साविक वडानम्बर ७ ले हात पार्याे । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा साविक दुवागढीका […]
पूरा पढ्नुहोस्
वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर
मेचीनगर । मेचीनगर – २ स्थित बौद्धमोडमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा सञ्चालित शिविरमा ८६ जनाले निः शुल्क स्वास्थ्य परीक्षण गराएको आयोजकले जनाएको छ । शिविरमा विशेषगरी बाथ रोग, पायल्स, ग्यास्ट्रिक, हार्डजोर्नी तथा नशाको समस्या भएका विरामीहरु स्वास्थ उपचारको लागि आउनु भएको पिजियोथेरापी सेवाका सञ्चालक […]
पूरा पढ्नुहोस्
मेचीनगर – ५ मा माटो व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
सुरेन्द्रनगर । मेचीनगर – ५ वडाकार्यालयमा शुक्रबार स्थलगत धुम्ती कृषक तालिक सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र झापाको आयोजनामा सञ्चालित तालिममा सहभागिहरुलाई माटो व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएको थियो । माटोको गुण सुधार गर्न अपनाउनु पार्ने बिभिन्न बिधिका बारेमा सहभागिहरुलाई कृषि ज्ञान केन्द्र झापा अन्तर्गत सुरुङगा शाखाका प्राविधिक रविन्द्र सुवेदीले प्रशिक्षण दिएका थिए । माटोको […]
पूरा पढ्नुहोस्
सामूहिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मेचीनगर । सामुहिक बचत तथा ऋण सहकारी संस्थाले १८ औ वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । मेचीनग – १२ स्थित सहरेडाँगीमा मुख्य कार्यालय रहेको सहकारीले शुक्रबार सामाजिक उत्तरदायीत्व अन्तर्गत धुलाबारी सेवाकेन्द्रमा आँखा तथा नाक, कान, घाँटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । काँकरभिट्टा स्थित दिब्यज्योती आँखा अस्पतालको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा इन्डो–नेपाल मिडियाकप’ हुने
काँकरभिट्टा । मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो । आयोजकले शुक्रबार काँकरभिट्टामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर खेलको बारेमा जानकारी दिएको हो । खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको […]
पूरा पढ्नुहोस्