कांग्रेस मेचीनगर सभापतिमा योगेन थापा निर्वाचित

2026-09-23 मा प्रकाशित

धुलाबारी । नेपाली कांग्रेस मेचीनगरको सभापतिमा योगेन थापा मगर निर्वाचित भएका छन् । उनी ३७८ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि मेचीनगर कांग्रेसको उपसभापति थिए । उनका प्रत्यासी भक्त बहादुर तामाङले १६४ मत मात्र ल्याएका छन् ।

धुलाबारीको टाउन हलमा अहिले भर्खरे सम्पन्न मत परिणाम अनुसार उपसभापतिमा कञ्चन बराल निर्वाचित भएका छन् । इटाभट्टा निवासी युवा नेता बराल २७३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मुकेश लिम्बूले २६५ मत मात्र ल्याएका छन् । नगर नेतृत्वका लागि ५७३ जनाले मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु