शिक्षक आचार्यलाई कारवाहीका माग राख्दै विद्यार्थी संगठनद्धारा तालाबन्दी

2023-08-29 मा प्रकाशित

दमक। नेपाल विद्यार्थी संघसहित विभिन्न चार वटा विद्यार्थी संगठनले दमकस्थित युनिक कलेजका एक शिक्षकलाई कारवाही गर्न माग राख्दै क्याम्पस प्रमुखको कार्यकक्षमा सोमबार तालाबन्दी गरेका छन् ।
कलेजकी एक छात्रालाई घर पुरयाँईदिने भन्दै अभद्र व्यवहार गरेको भन्दै नेविसंघ लगायतका विद्यार्थी संगठनले कलेजमा कार्यरत शिक्षक मुकुन्द आचार्यलाई कारवाही गर्न माग गदैं तालावन्दी गरेका हुन् ।
कलेजका कोअर्डिनेटर समेत रहेका आचार्यले त्यस कलेजमा अध्ययनरत एक छात्रालाई यौन क्दुव्र्यवहार गरेको ती संगठनहरुको आरोप छ ।
पीडित छात्राले सो घटनाका बारे इलाका प्रहरी कार्यालय दमकमा उजुरी गरेपछि प्रहरी, कलेज सञ्चालक तथा विद्यार्थी नेताहरु वीच आचार्यले घटनाका सम्बन्धमा गल्ती भएको निष्कर्ष निकाल्दै अव उप्रान्त त्यस्तो घटना नदोहोरयाउने , पीडक आचार्यलाई कलेजबाट हटाउने लगायतका विषयमा सहमति भएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुजन निरौला र क्याम्पस प्रमुख शान्तिरा आचार्यले घटना सेलाउदै गएपछि निजलाई पुनः पूर्नवहाली गरेपछि विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन् । पीडकका बुबा क्याम्पस प्रमुख हुन् भने अध्यक्ष नातेदार भएको खुल्न आएको छ ।
तर, यतिका दिनसम्म आउदाँ पनि सहमति कार्यान्वयन नभएको भन्दै विद्यार्थी संगठनहरुले आपत्ति जनाउदै कारवाहीको माग गरेका हुन् ।
नेविसंघ दमकका कार्यवहाक सभापति समिर तामाङ, अनेरास्ववियूका नगर कमिटी अध्यक्ष आयुसमान पोख्रेल,राप्रविसंगठनका सचिव सन्देस थापा र वाइसीएल दमक नगर कमिटी अध्यक्ष जोन बुढाथोकीले संयुक्त विज्ञप्ति जारी गरि तालावन्दीसहितका पीडक आचार्यलाई कारवाही नभए थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु