मेचीनगर, २४ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी.)का संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीलाई मातृशोक परेको छ ।
उनका ८९ वर्षीया आमा जानुकादेवी उप्रेतीको मेचीनगर–६, पूर्वी भानुटोल स्थित निजी निवासमा निधन भएको हो ।
यहि असोज २० गते हर्टका कारण उपचारका लागि बिर्तामोड स्थित वीएण्डसीमा लगिएको थियो । आज विहान ११ वजे उपचार सम्भव नभएपछि घर ल्याइएको थियो ।
दिउँसो सवा ३ वजे निजी निवासमा नै उनको निधन भएको परिवजारले जनाएको छ । परिवारका अनुसार मस्तिस्कघात कारण निधन भएको हो ।
उनका श्रीमान त्रिलोचन उप्रेतीको यसअघि नै निधन भइसकेको छ । ४ छोरावुहारी र २ जना छोरीज्वाई छन् । छोरावुहारीहरु रामचन्द्र–लक्ष्मी, लक्ष्मीप्रसाद–मीना पोखरेल, गोपीचन्द्र–ममता भेटवाल र मनोज–विष्णु मैनाली उप्रेती छन् ।
सहकारी अभियन्ता राममचन्द्र एनएमसीका संस्थापक तथा निवर्तमान अध्यक्ष हुन , लक्ष्मीप्रसाद काँकरभिट्टा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवम् एनएमसीका सीईओ, गोपीचन्द काठमाडौँ स्थित युएनडीपीमा काम गर्छन् भने मनोज उप्रेती सुर्योदय टेलिभिजनका सञ्चालक, मीना पोखरेल उप्रेती मेचीनगर नगरपालिकाकी उपमेयर हुन् ।
छोरीज्वाईहरुमा हरिमाया उप्रेती मैनालीका ज्वाई यसअघिनै निधन भएका छन् । वविता–विमल ढकाल छन् । वविता उप्रेती ढकाल उच्च अदालत ओखलढुंगाकी न्यायाधीश हुन् ।
स्व. जानुकादेवीको पार्थिव शरिरको विहीबार विहान १० वजे स्थानीय मेची नदीमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।
प्रतिकृया दिनुहोस्