ज्यामिरगढी । ज्यामिरगढी माविको ६१ औँ बार्षिकोत्सव विविध कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ । विद्यालयले वार्षिक उत्सवको अवसरमा विद्यालयका पूर्व विद्यार्थी, जग्गादाता, पूर्व शिक्षक–शिक्षिका एवं चन्दादाताहरुलाई सम्मान तथा खेल तथा बिभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
विद्यालयले सगरमाथाको ८ हजार ८ सय ४८ मिटर मध्ये आठ हजार १०० मिटरको उचाई सफलतापूर्वक आरोहण गर्न सफल सोही विद्यालयका पूर्व विद्यार्थी दयाराम दाहाललाई सम्मान गरेको छ । जयरामको सम्मान पत्र उनकी दिदी रिता दाहालले ग्रहण गरेकी थिइन् ।
सो अवसरमा विद्यालयले यहि माघ २५ र २६ गते सम्पन्न गरेको आन्तरिक खेलकुद प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कारसहित सम्मान गरेको थियो । विद्यार्थीहरुले विभिन्न जातिय गीतमा नित्यहरु समेत प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मञ्जु वस्नेत अधिकारीको सभापतित्व तथा मेचीनगर पालिकाका मेयर गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले चित्राको बेरा र टिनको छानो लगाएको विद्यालयका विद्यार्थीहरुले राम्रो नतिजा ल्याउने तर, राम्रा भनिएका विद्यालयको हालत सधै खराव रहेको बताए ।
‘सामूदायिक विद्यालयमा शिक्षाकोस्तर धरासायी बनेको छ’, बुढाथोकीले भने–‘संघीयले शिक्षा ऐन आएको छैन । राज्यले स्थानीय तहलाई श्रोत, साधान दिएन । नगरका ४२ वटा सामूदायिक विद्यालय कम्युटर ल्याव चलाउने टिचर नभएर त्यतिकै बिग्रिसकेको छ ।’
कार्यक्रममा प्रधानाध्यापक सन्तप्रसाद चौलागाईले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले यहि २०८० सालदेखि २०८४ सालसम्म विद्यालय सुधार कार्यक्रम लागु गरिने बताए ।
विद्यालयका सहायक प्रधानाध्यापक तेजनारायण राजबंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका सीता कार्कीले गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्