धुलाबारीमा नेक्सस एजुकेसनल कन्सलटेन्सी सञ्चालन

2024-03-12 मा प्रकाशित

मेचीनगर, २९ फागुन । मेचीनगरको धुलाबारीमा मंगलबारबाट नेक्सस एजुकेसनल कन्सलटेन्सीको शाखा सञ्चालनमा आएको छ । धुलाबारी मोड स्थित पूजा कम्लेक्समा एक कार्यक्रमका बीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गमलाको विरुवामा पानी हाले कन्सलटेन्सीको उद्घाटन गरे । उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले, ‘बैदेशिक रोजगारी तथा उच्चशिक्षा लिन विदेश जानेहरुहरुको लागि विदेशी भाषा सिक्ने भरपर्दाे सिकाइ केन्द्र अव मेचीनगरमै आएको बताए । विदेशी भाषा सिक्न अव विर्तामोड तथा काठमाडौं धाउनुपर्ने अवस्थाको अव अन्त्य भएको उनको भनाइ थियो । विश्व ग्लोबलाइजेशन भइसकेको बताउँदै नगर प्रमुख बुढाथोकीले अब आफ्नो देशको मात्र भाषा जानेर नपुग्ने बताए । विदेशी भाषा आज सबैको निम्ति आवश्यक रहेको बताउँदै उनले भाषा सिक्न आउने सबैलाई सर्वसुलभ र भरपर्दाे शिक्षा दिन आग्रह समेत गरे ।
कार्यक्रममा मेचीनगर –९ का वडाध्यक्ष कञ्चन तामाङ, १० नम्वडाका वडाध्यक्ष नारायण खनाल लगायत समाजसेवी र वुद्विजिवीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कन्सलटेन्सीका प्रबन्ध निर्देशक विष्णु खड्काले भाषा सिक्न टाडा जाँदा खर्च र समय जाने भएकोले त्यसलाई रोक्न पनि विद्यार्थीलाई गाउँ घरबाटै सेवा दिने उदेश्यले शाखा विस्तार गरिएको जानकारी दिए ।
नेक्ससको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ । विदेश अध्ययनका लागि नेक्सस कन्सलटेन्सीले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ भने विद्यार्थीलाई शैक्षिक परामर्श पनि दिँदै आएको छ ।
नेक्ससले भिषा प्रोसेसिङमा ४० प्रतिशत छुट, आयल्स क्लासमा ३० प्रतिशत छुट, लक्की ड्रमा मुभी टिकट र कफी लगायतका अफरहरु दिएको छ ।
नेक्ससका प्रबन्ध निर्देशक विष्णु खड्काको अध्यक्षता, शाखा कार्यालयका प्रमुख अर्जुन तिवारीले र सञ्चालन रविन पाठकले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु