मेचीनगरका १५ वटै वडामा बाली उपचार शिविर सञ्चालन हुँदै

2024-05-31 मा प्रकाशित

मेचीनगर । बालीमा बिभिन्न किसिमका रोगको संक्रमण बढ्न थालेपछि मेची नगरनगरपालिकाले नगरका १५ वटै वडामा यतिखेर बाली उपचार शिविर सञ्चालन गरिरहेको छ ।
जेठ १३ गते मेचीनग वडानम्बर १ स्थित गाडागल्ली बजारबाट अभियानको रुपमा सुरु भएको शिविर बिहीबार मेचीनगर ५ मा सञ्चालन भयो । मेचीनगर ५ स्थित श्री सीताराम मन्दिरको सभाहलमा आयोजित शिविरमा किसानहरुले करेला, आँप, घिरौला, खोर्सानी, लिची, मकै लगायतका बालीमा समस्या आएको भन्दै रोग परीक्षण समेत गराएका थिए । शिविरमा सहभागि प्रविधिकहरुको टोलीले बालीमा देखिएको रोगको सुक्ष्म अध्ययन गरी उपचारमा ध्यान दिनु पर्ने विधिका बारेका सुझाव दिएका थिए ।
शिविरमा बिभिन्न रोगको औषधि समेत निःशुल्क रुपमा वितरण गरिएको थियो । शिविरमा सहभागिहरुलाई मेचीनगर कृषि शाखाकी प्राविधिक कविता पौडेलले बालीमा देखिने रोगको संक्रमण तथा त्यसको उपचारविधीका बारेमा प्रशिक्षण दिएकी थिइन् ।
मेचीनगर– ५ का कार्याबहाक वडाध्यक्ष मनकुमार लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा प्रमुख अतिथि लिम्बूले बालीमा बिभिन्न रोगको संक्रमण देखिन थालेपछि कृषि पेशामा किसानको उत्साह घट्दै गएकोले त्यसको दिगो समाधानकालागि कृषि शाखाले प्रभावकारी अभिायान थाल्न सुझाव दिए ।
मेचीनगर मूल कृषक समूहका अध्यक्ष पूर्णबहादुर खड्काको सभापतित्व रहेको शिविरमा मेचीनगर – ५ की वडासदस्य माया प्याकुरेल, श्री सिताराम मन्दिरका उपसभापति भवानी प्र.गुरागाईँ, कृषक समूह समिति सदस्य खगेन्द्र भण्डारी, अग्रज कृषक बालकृष्ण श्रेष्ठ, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन मेचीनगर कृषि शाखाकी प्राविधिक नम्रता राईले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु