मेचीनगर । काँकरभिट्टा खानेपानीको निर्वाचनमा आफ्नो जीत सुनिस्चित गर्न प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु यतिखेर उपभोक्ताको घरदैलोमा व्यस्त रहेका छन् । प्रगतिशील समाजवादीका उम्मेदवारहरुले शनिबार मेचीनगर ८ का बिभिन्न टोलमा पुगेर उपभोक्ताहरुसँग मत मागेका छन् ।
खानेपानीको जेठ २६ गते हुने निर्वाचनका लागि प्रगतिशील समाजवादी संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार सन्तोष आचार्य, उपाध्यक्ष गोविन्द्र गिरी, सचिव दिलीपजंग सुब्बा, लगायतको उम्मेद्वारहरुको टिम घरदैलोमा व्यस्त छन् ।
अध्यक्षका पदका उम्मेदवार आचार्य सामाजिक क्षेत्रमा निकै सकृिय रहेका छन् । सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका उनीसँग विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गरेको अनुभव रहेको छ । नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य, नाइट चेस क्लबका पूर्व महासचिव, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्षको कुशलतापूर्वक जिम्मेवारी उनले पूरा गरिसकेका छन् । उनले काँकरभिट्टा खानेपानी कर्मचारी भएर लामो समयसम्म काम गरेको अनुभव रहेको छ ।
उपाध्यक्ष गोविन्द्र गिरी र सचिव पदका उम्मेद्वार दिलीपजंग सुब्बाले वर्तामान कार्यसमितिमा रहेर सफल कार्यकाल सम्पन्न गरिसकेका छन् । उम्मेदवारहरु हरेक दिन बिहान ७ बजेदेखिनै मत दातको घर दैलोमा पुग्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस्