नयाँ बजेट ल्याउने बिषयमा मेचीनगरद्वारा सरोकारवालाहरुसँग छलफल

2024-06-18 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाले जनता लक्षित स्थानीय तहको बजेट ल्याउन विभिन्न सरोकारवालाहरूसंग छलफललाई तिब्रता दिएको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहित उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतका जनप्रतिनिधि रहेको मेचीनगरले नयाँ आर्थिक बर्ष २०८१र०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा राय सल्लाह सुझावसहित छलफल गरेको हो ।

नगरपालिकाले नयाँ आर्थिक बर्षको बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा मेचीनगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख तथा अध्यक्षहरूसंग छलफल सम्पन्न गरेको छ ।

त्यस्तै नगरका सक्रिय राजनीति दलका प्रमुख, लक्षित समुह ९महिला, बालबालिका, आदिवासि, जनजाति, दलित, अपाङ, आदि०का क्षेत्रमा कार्य गर्ने संघसंस्थाका अध्यक्षहरु संग छलफल सम्पन्न गरिसकेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

नगर प्रमुख बुढाथोकीका स्वकीय सचिव आशिष पौडेलका अनुसार अहिले बिषय बिज्ञहरूसंग पनि नयाँ बजेटको बिषयमा राय सल्लाह सुझाव लिने कार्य भइरहेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु