एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सम्पन्न

2024-06-28 मा प्रकाशित

धुलाबारी, १४ असार । मेचीनगरको धुलाबारीमा सञ्चालित एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम शुक्रबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र मेची उद्योग बाणिज्य संघको सहजीकरणमा सञ्चालित तालिम समापन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेतीले सिकाई (ज्ञान) भन्ने कुरा कहिलै पूरा नहुने बताएकी छिन् । उनले जन्मेदेखि नमरून्जेलसम्म सिक्ने भन्ने कुरा नसकिने बताइन् । सिकेको सीपलाई व्यवहारमा लागू गर्न उनले आग्रह गरेकी थिइन् ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका प्रमुख प्रेम सापकोटाले तालिममा सहभागीहरूलाई प्रमाणपत्र घरमा नथन्काउन आग्रह गरेका थिए ।

कार्यक्रममा प्रशिक्षक आशिष पराजुली, प्रशिक्षार्थी प्रविण भण्डारी लगायतले बोलेका थिए ।

एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिममा नगरका ३५ जना सहभागी रहेका थिए । तालिम गत जेठ १३ गतेदेखि सुरू भएको थियो ।

सहभागीलाई सिटीभिटीबाट लेभल २ पास गरेका प्रशिक्षक बासुदेव भण्डारी र आशिष पराजुलीले तालिम दिएका थिए ।

मेची उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला चौहान भण्डारीको सभापतित्वमा सम्पन्न सामापन कार्यक्रमको स्वागत सचिव कमल कोइरालाले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु