मेचीनगर । सशस्त्र प्रहरीले झापाका दुई स्थानबाट बुधबार १२ लाख ५० हजार मूल्य बराबरको लत्ता कपडा बरामत गरेको छ ।
झापा बुद्धशान्ति गाउँपालिका ७ स्थित सुनमाई चिया बगान भित्र लुकाई राखेको अवस्थामा नेपाल सुरक्षा बेश टिमाईबाट खटेको सशस्त्र प्रहरीको टोलिले सो सामान नियन्त्रणमा लिएको थियो ।
साहयक प्रहरी नायव निरीक्षक विजय नुनिया महतोको कमाण्डमा खटेको ७ जनाको मोबाइल टोलीले विशेष सूचनाको आधारमा चिया बगान भित्र लुकाई छिपाई राखेको अवस्थामा रु १० लाख बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी सशस्त्र प्रहरीले भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा मेचीनगर ६ स्थित बसपाकक्षेत्रबाट अन्दाजी रु २ लाख ५० हजार मूल्य बराबरको लत्ता कपडा बरामत गरेको छ । सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकनाथ उप्रेतीको कमाण्डमा खटेको १० जनाको मोबाइल टोलीले सो सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार बुझाएको सशस्त्र प्रहरीबल नेपाल नं २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोख्ररेलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्