बाँसबारी सामुदायिक वनको २९ औं साधारण सभा सम्पन्न

2024-09-08 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले मेचीनगर क्षेत्रभित्र रहेका सामुदायिक वन र पर्यापर्यटनको विकासकोलागि स्थानीय सरकारले आवश्यक सहयोग पुर्र्याउदै आएको बताइन् ।
बाँसवारी सामुदायिक वनको शनिवार सम्पन्न २९ औं वार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएकी हुन् । सामुदायिक वन स्थानीय सरकारको माहतहतमा नहुँदा ठूलो रकम विनियोजन गर्न कानुन बाधक बनेको भएपनि सिमसार तथा पर्यापर्यटनको विकासकोलागि सामुदायिक वनहरुसँग मेचीनगरपालिकाको सहकार्य तथा सहयोग भइरहेको उनको भनाइ थियो । सामुदायिक वनले समेत सामुदायिक उत्तरदायीत्व अन्तरगत विभिन्न कामहरु गरेर सरकारले खेल्नुपर्ने भूमिका निर्वाह गरिरहेको भन्दै समितिले गरेका कामको प्रशंसा गरिन् ।


कार्यक्रमका विषेश अतिथि बागमती प्रदेशका पूर्व प्रदेश प्रमख विष्णु प्रसाईंले वनहरु रातारात फाँडेर उजाड बन्दै गएपछि सरकारले त्यसको संरक्षण र विकासको निम्ति समुदायमा हस्तान्तरण स्मरण गर्दै उनले पछिल्लो समय सामुदायिक वनहरुहरुलाई पर्यापर्यटन्को रुपमा विकास गरेर उपभोक्ता समिति र स्थानीय सरकारको निम्ति भरपर्दाे आम्दानीको स्रोत को रुपमा विकास हुँदै गएको बताए ।


सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले सरकारले वन सामुदायमा हस्तान्तरण नगरेको भए कालान्तरमा वन दन्त्यकथा हुने अवस्था थियो भन्दै वन तथा वातावरण संरक्षणमा समितिले खेलेको भूमिकाको प्रशंसा गरे । उजाड बन्दै गएको वनलाई हराभरा बनाएको छौं उनले भने पछिल्लो समय वनको आम्दानीको श्रोत काठ होइन् पयाृपर्यटन्को विकास पछि आन्तरिक पर्यटकहरु भएका छन् । उनले पर्यापर्यटनको विकास गर्दा प्रत्येक सामुदायिक वनहरुले आन्तरिक तथा बाह्यि पर्यटकलाई आर्कित गर्न सक्ने फरक प्रकृतिको कार्यक्रम अघि सार्नु पर्ने बताए । हरेक वनले एउटै कार्यक्रमलाई कपिपेष्टि गर्दा पर्यटकहरुलाई आकर्शित गर्न नसकिने बताए ।
स्थानीय सरकार र सामुदायिक वन विच तालमेल मिलेको छैन, उनले भने स्थानीय सरकारको परिषद्सभा चाँडै हुन्छ तर सामुदायिक वनको साधारण सभा भदौ असोजमा हुँने हुँदा सामुदायिक वनले स्थानीय सरकारसँग बजेटको खाका पेश गर्न नसकेको उनको भनाइ थियो ।
उनले सामुदायिक वनले प्रकृति र बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गरिरहेको दावी गरे । हात्ती र मानवबीच सह–अस्तित्व कायम गरेर जीवन जिउनुको विकल्प नरहेको बताउँदै उनले हात्ती आउँदा मानिस बाहिर निस्किएर होहल्ला गर्दा मानविय तथा हात्ती र भौतिक क्षति हुनेगरेको स्मरण गर्दे उनले भने अव हात्ती आउँदा घरबाहिर ननिस्कनु होला हात्ती नियन्त्रणको लागि र्यापिड रेस्पोन्स टिम गठन गरिएको छ ।
कार्यक्रममा मेचीनगर ११ का वडाध्यक्ष रुद्र डाँगी, मेची सव डिभिजनका अधिकृत डिल्ली खरेल, सामुदायिक वन नगरमहासंघकी अध्यक्ष जानुका ओली, नेपाली काँग्रेस वडासभापति भक्त तामाङ, नेकपा एमाले मेचीनगर कमिटी सचिव सागर ओली, नेकपा एमाले वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नेकपा माओवादी वडा कमिटी सह इञ्चार्ज, छविलाल अधिकारी, राप्रपाका वडाध्यक्ष नविन ओली, भानु आधारभूत विद्यालयका प्र.अ. डिल्लीराम खनाल लगायतले बोलेका थिए ।
कार्यक्रममा एस ईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने चारजना छात्र छात्राहरुलाई नगद सहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा निजी विद्यालय तर्फ होलीवेल इङ्लिस स्कूलका आसिसल विष्ट, हिमालयन अंग्रेजी एकाडेमीका मनिसा प्रसाई, त्यसैगरी सामुदायिक विद्यालय तर्फ धुलाबारी माविकी नेहा मलाहा, सोही विद्यालयका छात्र विकास सेन्च्युरीलाई सम्मान गरिएको थियो ।
सामुदायिक वनकी अध्यक्ष अम्बिकादेवी मेनाली प्रसाईको सभापतिथ्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष प्रसाईद्वारा तयारगरीएको अध्यक्षको प्रतिवेदन बहुमतलेपारित गरिएको थियो ।
उपाध्यक्ष यसोदादेवी खड्का डाँगीकोले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद भट्टराईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु