वीपी कोइरालाको ११९ औं जन्म जयन्तीमा विचार गोष्टी

2024-09-10 मा प्रकाशित

धुलाबारी ÷नेपाली कांग्रेस मेचीनगर समितिले महामानव विपी कोइरालाको ११९ औ जन्म जयन्तिको अवसरमा विचारगोष्टि सम्पन्न गरेको छ ।
धुवाबारी स्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वक्ताहरुले महामानव विपी केइरालाको विचारलाई आज पार्टी नेतृत्वले अवमूल्यन गर्न खोजेको आरोप लगाए । विपीको विचार आज पनि त्यतिकै सन्दर्भिक र महत्व बोकोको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँगेसका प्रदेश सदस्य एवम् महाधिवेशन प्रतिनिधि विमल आचार्यले भने, “उहाँ बहुप्रतिभाका धनी हुनुहुथ्यो, उहाँको विचार आजपनि त्यतिकै सन्दर्भिक छ । विपीको सपनालाई पुरा गर्न र पार्टीलाई एकतावद्ध र जनमुखी बनाउन विपीको विचारलाई आत्मसाथ गर्नुको विकल्प छैन ।


विपीको भनाइलाई सम्झदै उनले भने, विपीले भन्नु भएको थियो । गणतन्त्र आएपछि धेरै अवसरवादी आएर चलखेल गर्छन्, त्यसेला सोझा, निमुखा कार्यकर्ताहरु पेलिने र हेपिने अवस्था हुन्छ । त्यो भनाइ आज सार्थक बनेको छ । अवसरवादीहरु सल्वलाएका छन्, असल कार्यकर्ताहरु हेपिएका छन् ।
विपीको त्याग र वलिदान र विचारकै कारण आज नेपालमा जहानीया राणशासन र राजतन्त्रको अन्त्य भएको उनको दावी थियो ।
उनले कार्यकर्ता र नेतृत्वले भाषणवाजीमा भन्दा पनि गाउँ गाउँमा गएर जनताको समस्या समाधानमा जुट्नु पर्ने बताए । मेचीनगरपालिकाका पूर्व मेयर समेत रहेका आचार्यले मेचीनगरपालिकाले जनताको भावनालाई बुभ्mन नसकेकोले ६ दलले केही महिनादेखि दवावमुलक कार्यक्रम गरिरहेको समेत बताए ।
“पार्टी सामाजिक क्षेत्रमा लाग्ने र जनतासँग जोडिने एउटा प्लेट फर्म हो, आचार्यले भने, “तपाई हामीले विपीलाई संझने मात्र होइन् उहाँको विचारलाई बुझेर सोही अनुसार आफूलाई बदल्दै गरिव जनताको दुःखमा मलम लगाउनु आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली काँगेस कोशी प्रदेश सदस्य एवम् महाधिवेशन प्रतिनिधि शोभा श्रेष्ठले नेपाली काँग्रेसले नेपाली जनताको गाँस, बाँस र कपासको निम्ति चासो चिन्ता राखेर सोही अनुसार कार्यक्रम सञ्चालन गर्न सक्नुपर्नै बताइन् ।


सो अवसरमा नेपाली काग्रेसका जिल्ला कार्यबहाक सभापति केशवराज पाण्डे, मणिकुमार उप्रेती, महिलाा नेतृ दुर्गादेवी खतिवडा रामकट्टेल लगायतले बोलेका थिए । नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरुको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मुकेश लिम्बूले गरेका थिए । र सहभागिहरुलाई स्वातग उपसभापति योगेन्द्र थापाले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु