६० औं राष्ट्रिय बाल दिवस : सनसाइन इङ्लिस स्कूलमा गायन तथा नृत्य प्रतियोगिता

2024-09-14 मा प्रकाशित

इटाभट्टा । ६० औं राष्ट्रिय बाल दिवसको अवसर पारेर मेचीनगर– ८ स्थित सनसाइन इङ्लिस स्कूलले गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यार्थीहरुको उत्साह जनक सहभागितामा भएको कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य, गायन तथा कविता प्रस्तुत गरिएको थियो । । । विद्यार्थीहरुको रोचक प्रस्तुतीले सहभागिहरुको ध्यान केन्द्रित गरेको थियो ।


विद्यालयको कक्षा ८ की छात्रा सिजल घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक कमल ढुंगेल, विद्यार्थी अनिशा भट्टराई लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
बालदिवसको कार्यक्रम भएकोले विद्यार्थीहरुको प्रतिभा उजागर गर्न यस किसिमको कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल खेमराज थाम्सूहाङले जानकारी दिए ।


अभिशेक भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जेनिस भट्टराई र अनिस किसानले संयूक्त रुपमा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु