नेपाल जेसीजको क्षेत्र (क) सम्मेलन धुलाबारीमा हुँदै

2024-09-15 मा प्रकाशित

मेचीनगर । नेपाल जेसीजले क्षेत्र ( क) सम्मेलन झापाको मेचीनगरमा गर्ने भएको छ । नेपाली युवा बढ्दो रुपमा विदेश पलायनक्रमलाई रोक्न स्वदेशी उधमशीलतामा जोड्ने उद्देश्यले नेपाल जेसीज शाखा धुलाबारीले ४६ वटा शाखा सम्मेलनको तयारी गरेको हो ।
आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर असोज ११ र १२ गते एरिया सम्मेलन गर्ने तयारी गरेको जानकारी दिएको हो ।
सम्मेलनमा जेसीजका ६ सय र अन्य अतिथि गरी ७ सयबढी सहभागीलाई वैदेशिक रोजगार र स्वादेशी उधमशीलता सम्भावनाप्रति युवाको जिज्ञासा र विज्ञको सहजीकरण नै प्रमुख रहने जनाएको छ ।
मेचीनगरको धुलाबारी जेसीज शाखाले ८ वर्षपछि ४६ वटा शाखाहरुका लागि (क) क्षेत्रको सम्मेलनको तयारी गरेको छ ।

सहभागीहरुलाई मेचीनगरका ऎतिहासिक तथा पर्यटन क्षेत्रको अवलोकन गराउने कार्यक्रम रहेको जनाएको छ ।

सम्मेलनमा सबै शाखाबाट ६ सय र अन्य अतिथि गरी सात सयबढीलाई सम्मेलन हलको ब्यवस्थापन, यातायातसहित खान र बस्नको ब्यवस्थापनको तयारी गरेको सम्मेलन आयोजक निर्देशक अनन्तप्रकाश वस्तीले जानकारी दिए । उनका अनुसार (क) क्षेत्रका झापाको बाहुनडाँगीदेखि सर्लाहीको मलङ्गासम्मका जेसीज शाखाको नेतृत्व सम्हाल्दै आएका युवाहरुलाई दुईदिने सम्मेलनमा सहभागी हुने जनाएको छ । उद्घाटनको दिन थिम सेमिनार, जेनेर्ल एसेम्ली, सिनेटर बैठक, जुनियर जेसीजको बैठक, अन्तर शाखा वक्तृत्वकला र जेसीज नाइट कार्यक्रमको तय गरिएको सचिब लीलाप्रसाद भण्डारीले जानकारी दिए । त्यसैगरी दोस्रो दिन तालिम, जेनेरेन एसेम्ली, नेपाल जेसीजको अवार्ड वितरण, समापन र विभिन्न १७ वटा उपसमिति निर्माण गर्ने जनाएको छ ।
उक्त जेसीज सम्मेलन सम्पन्न गर्न ३२ लाखबढी खर्च हुने अनुमान गरिएको वस्तीले बताए । आर्थिक ब्यवस्थापनका लागि ५५० जनाको रजिस्ट्रेशन शुल्क, ब्यवसायिक प्रर्वद्वनका स्टल, सुभेक्षुबाट आर्थिक ब्यवस्थापन गरिने कोषाध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिए ।

धुलाबारीको पासाङ ल्वामु टाउन हलमा आयोजना गरिने सम्मेलनलाई सब्य र भब्य ढंगले सम्पन्न गर्नेका लागि समाजका हरेक पक्षसँग छलफल संचालन गरेको र सबै शाखालाई पत्रचारसमेत गरिसकेको सम्मेलनका प्रचार(प्रसार संयोजक देबु बानियाँले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु