मजदुर नेता तिवारीको निधन

2024-10-29 मा प्रकाशित

मेचीनगर । मेचीनगर ६ काँकरभिट्टा निवासी समाजसेवी बसन्त तिवारी तिवारी (बुद्ध) को निधन भएको छ । पुरानो भन्सार निवासी ५९ वर्षीय तिवारीको आज विहान १० वजेतिर विराटनगर स्थित नोवेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही समयदेखि मृगौला सम्बन्धी रोगका कारण पीडित हुनु भएका तिवारीलाई एक सातादेखि असहज महाशुस भएको र हिजो उपचारका लागि नोबल अस्पताल बिराटनगर लगिएको पारिवारिकस्रोतले बताएको छ ।

स्वर्गीय तिवारी नेपाल यातायात मजदुर संघका केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो भने यातायात व्यवशायी समेत हुनुहुन्थ्यो ।  अंकिता ट्रेडर्सका सञ्चालक समेत रहेका तिवारी नेपाली काँग्रेस मेचीनगरका पूर्व सचिव समेत हुन् । मेची उद्योग वाणिज्य संघकापूर्व महासचिव रहेका तिवारी बिभिन्न सामाजिक क्षेत्रमा थिए । तिवारीका आमा, श्रीमती, छोरी र बहिनी हुनुहुन्छ । वहाँको अन्तिमसंस्कार भोलि गरिने पारिवारीक स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु