मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मेचीनगरको अध्यक्षमा बिक्रम क्षेत्री निर्वाचित भएका छन् । मेचीनगर –७ स्थित ग्रीन भिलेज रेष्टुरेन्टमा बुधबार सम्पन्न निर्वाचनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । प्याब्सनको नेतृत्व सर्वसम्मत हुन नसकेपछि निवर्तमान उपाध्यक्ष विक्रम क्षेत्री भेटवाल र कोषाध्यक्ष कमल भेटवालको नेतृत्वमा प्यानलै खडागरेर निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । अध्यक्षमा निर्वाचित विक्रम क्षेत्रीले २० मत प्राप्त गरे उनका प्रतिस्पर्धी कमल भेट्वालले १५ मत प्राप्त गरी उपविजेता बने ।
समितिको उपाध्यक्षमा सुरेन्द्र न्यौपाने १७ मतका साथ विजयी वने । उनका प्रतिस्पर्धी कमल नेपालले १६ मत प्राप्त गरेका थिए ।
१८ मतका साथ कोषाध्यक्षमा समिक्षा गौतम निर्वाचित भइन् । उनका प्रतिस्पर्धी विजय भट्टराईले १७ मत प्राप्त गरेका थिए । सचिवमा भने बिनोद प्रधान सर्वसम्मत चयन भएका छन् ।
सदस्यमा पदम रुचाल, अरिता प्रधान र विमल पौडेल निर्वाचित भएको निवर्तमान अध्यक्ष डम्मर रुचालले जानकारी दिए ।
नयाँ कार्यसमितिले बुधवार देखीनै कार्यभार सम्हालेको निर्वाचन समितिका संयोजक हिम्मत क्षेत्रीले बताए । निर्वाचन समितिमा हरि अधिकारी र विष्णु रिमाल सदस्य रहेका थिए ।
प्रतिकृया दिनुहोस्