बिर्तामोड । प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा प्रदीप परियार सर्वसम्मत निर्वाचित भएका छन् ।
चौतारीको शुक्रबार सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट परियार अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा राजु पोखरेल, महिला उपाध्यक्षमा सुनिरा मैनाली, सचिवमा युवराज आचार्य, सहसचिवमा राम प्रसाद निरौला, समावेशी सहसचिवमा तीलक योन्जन र कोषाध्यक्षमा सरोज भट्टराई चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा अस्मिता साँखी, नविन योगी, भरत प्रसाई, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बाँनिया, सोम मग्राती, रबिकिरण बान्तवा राई, कबिचन्द्र गुरागाई र किशोर उपरकोटी चयन भएको निर्वाचन समिति संयोजक माधव ढकालले जानकारी दिए ।
त्यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा लक्ष्मी उप्रेती, मञ्जु डाँगी, सरोज चौलागाई, प्रकाश पौडेल, अच्युत सुवेदी, भूमिराज पराजुली, र सुदिप अधिकारी चयन गरेको छ ।
यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधि मामाधव विद्रोही, चेतन अधिकारी, गोपाल झापाली, अर्जुन कार्की, रोहित काफ्ले र मीना विक चयन भएको निर्वाचन समिति संयोजक ढकालले बताए ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले निर्वाचित जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रीय प्रतिनिधिहरुलाई सपथग्रहण गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि चौतारीका अध्यक्ष बस्नेत, केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज बिक्रम लुईटेल, प्रदेश अध्यक्ष अविजाल विष्ट, बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रवासी नेपाली अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक अधिकारी, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गातम, बुद्वशान्ति प्रेस केलबका अध्यक्ष तीर्थ तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा चौतारी प्रवेश गरेका २७ जना नयाँ सदस्यहरूलाई स्वागत गरिएको थियो ।
सोही अवसरमा चौतारीले गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको चुनावमा निर्वाचित जिल्ला कार्यसमिति , प्रदेश र केन्द्रीय परिषद् सदस्यहरूलाई सम्मान गरेको थियोे ।
प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष प्रदीप परियार र सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्