मेचीनगर । मेचीनगर–५ स्थित नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ सर्वसम्मत चयन भएका छन् ।
नकलबन्दा समाज विकास समितिको सभा हलमा सम्पन्न संस्थाको प्रथम साधारण सभाबाट दुई वर्षे कार्यकालकालागि अध्यक्षमा गुरुङ चयन भएका हुन् ।
संस्थाको उपाध्यक्षमा हिरा सुर्खेती, सचिवमा सुरज तामाङ र कोषाध्यक्षमा निखिल खड्का तथा सदस्यहरुमा सञ्जु कार्की, प्रज्वल बस्नेत, रामबहादुर गुरुङ, किशोर उपरकोटी र विकुल खडिया रहेका छन् ।
संस्थाका अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर–५ का वडाध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मेचीनगर–५ का वडा सदस्यहरु पुष्पकुमार गेलाल, माया प्याकुरेल, निवर्तमान वडा सदस्यहरु मेघराज गेलाल, नारायण खड्का, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिना, पूर्व अध्यक्ष होमराज गुरुङ, संस्थाका सल्लाहकार संयोजक पर्शुराम पराजुली, नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, समाजसेवी रामबहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
२०८१ माघ ७ गते दर्ता भएको सो संस्थाले २०८१ फागुन ७ गतेदेखि १७ गतेसम्म दोश्रो नगरस्तरीय नकलबन्दा फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।
समाजका युवाहरुलाई समेटेर उनीहरुको खेलकुद क्षेत्रमा क्षमता विकास गर्ने उद्देश्य लिएर स्थापना गरिएको क्लब खेलकुदसँगै स्वास्थ्य, शिक्षा , सरसफाइ लगायतका सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको छ ।
संस्थाका सदस्य किशोर उपरकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुरज तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्