विद्या विकासले शिक्षामा मार्याे फड्को, यसै शैक्षिक सत्रबाट प्लस टु सञ्चालनको तयारी

2025-05-30 मा प्रकाशित

बाहुनडाँगी । झापाको बाहुनडाँगी क्षेत्रका विद्यार्थीहरुले प्लसटु अध्ययनकोलागि अव टाढा धाउनु पर्ने झण्झटबाट मुक्त हुने भएका छन् ।
मेचीनगर – ४ बाहुनडाँगी स्थित विद्या विकास एकेडेमीले यसै शैक्षिक सत्रबाट प्लस टु कक्षा सञ्चालन गर्ने भएपछि विद्यार्थीहरुले अध्ययनकोलागि टाढा धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको हो ।
बिहीबार विद्यालयले प्लस टु कक्षा सञ्चालनको तयारीबारे पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा विद्यालयका निर्देशक बद्री निरौलाले वर्षाैदेखिको बाहुनडाँगी वासीको सपना आज पुरा भएको बताए । ‘बाहुनडाँगीका हरेक अभिभावकको एउटै चाहाना थियो । कि आफ्ना नानीहरु गुणस्तरीय शिक्षाकोेलागि टाढा धाउनु नपरोस्,’ उनले भने, आज बाहुनडाँगीवासीको त्यो सपना पुरा भएको छ ।’ उनले हरेक वर्ष बाहुनडाँगी क्षेत्रका ३ बढी विद्यार्थी अध्ययनकोलागि बाहुनडाँगी छोडेर अन्यत्र जानेगरेको बताए । बाहुनडाँगी क्षेत्रमा दुईवटा सामुदायिक विद्यालयमा ११, १२ कक्षा सञ्चालन भइरहेपनि संस्थागत विद्यालयमा अध्ययन गरेका अधिकांश विद्यार्थीले अंग्रेजी माध्यम नै रोज्ने भएकोले विद्यार्थीहरु काँकरभिट्टा, धुलाबारी र विर्तामोड, काठमाडौं लगायतका क्षेत्रमा जाने गरेको बताउँदै उनले गुणस्तरीय शिक्षाकोलागि अव एक भरपर्दाै शैक्षिक संस्था विद्या विकास एकेडेमी भएको दावी गरे । ‘टाढा जाँदा समय र पैसा दुबै आवश्यक भन्दा बढी खर्च हुन्छ,’ उनले भने, ‘अव ति सबै कुरा बचतहुने छन् ।’
बहुनडाँगी क्षेत्रमा ७ वटा सामुदायिक विद्यालय तथा ८ वटा संस्थागत विद्यालय रहेका छन्


विद्यालयले एकेडेमिक डाइरेक्टरको रुपमा लामो समय काठमाडौंका विभिन्न कलेजहरुमा अध्यापन गराएका दक्ष तथा अनुभवि शिक्षा सेवी हेमराज कार्कीलाई प्राप्त गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एकेडेमिक डाइरेक्टर कार्कीले भने, ‘कुनै समय बाहुनडाँगी शिक्षा क्षेत्रमा निक्कै अगाडि थियो । आज पनि सामुदायिक र संस्थागत विद्यालय धेरै छन् तर प्लस टुु र उच्च शिक्षाको लागि बाहुनडाँगी कमजोर देखियो । उनले विद्याथीहरुको रोजाई र अभिभवकको चाहानालाई ध्यान दिँदै गुणस्तरीय शिक्षा दिने उद्देश्यका साथ यसै शैक्षिक सत्रबाट कक्षा ११ मा म्यानेजमेन्ट संकायमा अध्यापनको तयारी गरिएको बताए ।
‘देशको कुनैपनि भागमा र विदेश जाँदा हाम्रा नानीहरु कमजोर महसुस गर्ने छैनन् । हामी त्यो तयारी सहित कक्षा सञ्चालन गर्देछौं,’ उनले भने, ‘काठमाडौं बाहेक अन्य क्षेत्रका विद्यालयहरुसँग हाम्रो प्रतिष्पर्धा हुन सक्दैन ।’ विद्यालय सञ्चालनकोलागि अभिभावक , नागरिक समाज सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीले शैक्षिक क्षेत्रमा राजनीति हावी हनु नदिन सुझाए ।
कार्यक्रममा झापा जिल्ला शिक्षा संघका अध्यक्ष तोयानाथ दाहाल, थेसिस इङ्लिस स्कूलका प्रिन्सिपल डम्बर रुचाल लगायतले धारणा राखेका थिए । सो अवसरमा नागरिक समाज बाहुनडाँगीका अध्यक्ष निलकण्ठ तिवारी, १ यस ८ समुहका अध्यक्ष प्रविण भण्डारी, लगायतको आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण विद्यालयका सहायक प्रिन्सपल विनोद प्रधानले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु