लागू औषध दुब्र्यसन न्यूनीकरण गर्न सनसाइनमा फेन क्लव गठन, संयोजकमा भट्टराई

2025-06-23 मा प्रकाशित

इटाभट्टा । पछिल्लो समय युवाहरु कुलतमा फस्ने क्रम बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्न प्रहरीले विद्यालय स्तरबाटै अभियान सुरु गरेको छ । प्रहरीले फेन क्लव गठन गरेर लागू औषद् दुब्र्यस नियन्त्रण अभियानमा युवाहरुलाई सक्रिय बनाउँदै लगेको हो ।
प्रहरी बिट इटाभ्टाले आइतबार मेचीनगर –८ स्थित सनसाइन इङ्लिस स्कूलमा जेनिस भट्टराईको संयोजकत्वमा १३ सदस्यीय फेन क्लव गठन गरेको छ ।
समितिको सदस्य सचिवमा शिखा थापा, सदस्यहरुमा सेरिला फागो, हिमानी सुब्बा, आकाश पाश्वान, उपास सुन्दास, श्रृष्टि मेचे, प्रिया शर्मा, मञ्जील चापागाँई, रोशन तामाङ, जितेन बानियाँ, रीजन लम्साल र राजिव न्यौपाने सर्वसम्मत चयन भएको
प्रहरी विट इटाभ्टाका साहयक हवल्दार नरबहादुर कार्कीले बताए । ‘आज क्लब गठन गरियो’, उनले भने, ‘केही दिन पछि कार्यक्रम लिएर आउने छौं ।’


युवा जनशक्ति लागू औषध दुब्र्यसनमा फस्दै गएपछि उनीहरुलाई सचेतना जगाउन विद्यालय स्तरमा कार्यक्रम सञ्चालन गरिएको इटाभट्टा विटका असई पृतिसिंह  लिम्बूले जानकारी दिए । यस अघि आदर्श माविमा यस किसिमको क्लव गठन गरिएको उनले बताए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल खेमराज थाम्सुहाङ लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु