मेचीनगर –५ मा श्रमको सम्मान सम्बन्धी अन्तरक्रिया सम्पन्न

2025-06-27 मा प्रकाशित

मेचीनगर । रोजगार सेवा केन्द्र मेचीनगरको आयोजनामा शुक्रबार मेचीनगर– ५ वडा कार्यालयमा श्रमको सम्मान सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नाराको साथ आयोजित कार्यक्रमको सहजीकरण रेमी परियोजनाका रोजगार परामर्श कर्ता फडिन्द्र दाहालले गरेका थिए । उनले श्रमको सम्मान नहुँदा आज ठूलो युवा जनशक्ति विदेश पलायन भइरहेको बताए । पढेपछि सानो काम गर्नु हुँदैन भन्ने सोचको कारण आज युवा जनशक्ति देशबाट पलायन हुँदै गएको उनको भनाई थियो । उनले संगठित र असंगठित सबै प्रकारका मजदुरको स्थानीय सरकारले सूचीकरण गर्ने तयारी गरिरहेको बताए ।
उनले मजदुरशरुको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषको बारेमा समेत  चर्चा गरेका थिए ।


मेची नगर ५ का वडाध्यक्ष  कनक बहादुर कार्कीको सभापतिमा आयोजित कार्यक्रममा अध्यक्ष कार्कीले श्रमको सम्मान गर्न जरुरी रहेको बताए । उनले श्रमको सम्मान नगर्ने कुनै पनि देशले समृद्धि हासिल गर्न नसक्ने धारणा राखे ।
कार्यक्रममा कार्यपालिका सदस्य माया प्याकुरेल, एकीकृत परियोजना रेमी मेचीनगर ५ का अध्यक्ष चन्द्र गुरागाँई, टोल विकास समितिको तर्फबाट अनन्त प्रकाश दाहाल, लगायतले समाजमा श्रमको सम्मान हुन नसकेको गुनासो गरे ।


सो अवसरमा खगेन्द्र भण्डारी, जीफण्डका मेचीनगर सदस्य राम बहादुर राई लगायतले सरकारले असंगठित मजदुरहरुको अभिलेख राखेर उनीहरुको सुरक्षा बारे चासो राख्न आग्रह गरेका थिए ।
कार्यक्रममा वडा सदस्स्यहरु मनकुमार लिम्बू, पुष्प कुमार गेलाल, रोजगार सेवा केन्द्रकी संयोजक लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु