मेचीनगर । सामुदायिक विद्यालयबाट एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल झापा मेचीनगर(३ को जनता माध्यमिक विद्यालयकी उत्कृष्ट छात्रा गंगा राईलाई सम्मानित भएकी छन् ।
आफ्नो जन्मदिनको अवसरमा मेचीनगर नगरपालिकाका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले उक्त विद्यालयबाट सहभागी विद्यार्थीमध्ये एसईईमा उत्कृष्ट (३.३८) नतिजा ल्याउन सफल छात्रा राईलाई मंगलबार नगदसहित सम्मान गरेका हुन् ।
नगर शिक्षा अधिकारी भण्डारीले नगद पाँच हजारसहित दोसल्ला र अबिर लगाएर सम्मान गरेका थिए । त्यसैगरी मेचीनगरका प्रशासकीय अधिकृत पदम कार्कीले छात्रा राईलाई नगद २ हजार प्रदान गर्नुका साथै शिक्षकहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

जनता माबि मेचीनगरकै दुर्गम ठाउँमा संचालित सामुदायिक विद्यालय हो ।
दुर्गम ठाउँमा अध्ययन(अध्यापन गर्दै आएपनि अन्य सामुदायिक विद्यालयलाई उछिन्दै एसईईमा शतप्रतिशत नतिजा ल्याउने मेचीनगरकै एक नमुना विद्यालय बनेको छ ।
झाँडी, खोला र बन्यजन्तुको त्रासले विद्यार्थीलाई अध्ययन गर्न असहज अवस्थाबाट ल्याएको शतप्रतिशत नतिजा जनता माबीले उदाहरणीय प्रस्तुत गरेको छ ।
त्यस्ता विद्यालय, शिक्षक र विद्यार्थीको मनोभावना उच्चो राख्न जरुरी भएको ठानेर विद्यार्थीलाई ब्यक्तीगत रुपमा सम्मान गरेको नगर शिक्षा अधिकारी भण्डारीले बताए ।
विद्यालय परिषरमा आयोजित सम्मान कार्यक्रममा नगर शिक्षा अधिकारी भण्डारी, मेचीनगरका प्रशासकीय अधिकृत पदम कार्की, विद्यालयका प्रधानाध्यापक दिपक खनाल लगायतले सम्बोधन गरेका थिए ।
प्राबि कक्षा र दरबन्दीमा संचालन हुँदै आएको जनता माबीमा विगत २०५२ सालपछि माबि तहसम्म अध्ययन अध्यायपन हुँदै आएको छ ।


प्रतिकृया दिनुहोस्