मेचीनगर, २७ साउन । मेचीनगरका कृषकहरुलाई कुखुरापालन, व्यवस्थापन, जैविक सुरक्षा र एन्टिवायोटिक्स औषधिको प्रयोगका बारेमा तालिम दिएको छ ।
मंगलबार नगरपालिकाको महिला सीप विकास केन्द्रको भवनमा पशु सेवा विभाग, खाद्य तथा कृषि संगठन ९एफएयू० को संयुक्त आयोजनामा कुखुरापालक कृषकहरुलाई जैविक सुरक्षा र एन्टिवायोटिक्स औषधिको सचेततापूर्वक प्रयोग सम्बन्धी तालिम दिइएको हो ।
मेचीनगरका करिव २५ जना कुखुरापालक कृषकहरुलाई पशुपंक्षी रोग अन्वेशण प्रयोगशालाका प्रा।डा।कमल गिरीले कुखुरापालन र व्यवस्थापन सम्बन्धी, जैविक सुरक्षाका उपाय र एन्टिवायोटिक्स औषधिको गलत प्रयोगले पशुपंक्षीमा असर लगायतका विषयमा डा।शुलेश्वर मण्डलले प्रशिक्षण दिएका थिए ।
मेचीनगर नगरपालिकाका कार्यबहाक नगरप्रमुख एवम् वडा नम्बर ३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतको अध्यक्षतामा सम्पन्न तालिमको प्रमुख अतिथि पशुपंक्षी रोग अन्वेशण प्रयोगशाला विराटनगरका प्रमुख डा।कमल गिरी रहेका थिए ।
कार्यक्रममा कार्यबहाक नगरप्रमुख वस्नेत, वडा नं।८ का वडाध्यक्ष गिरीराज धमला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका पशु सेवा शाखाका प्रमुख बिक्रम गुरुङ, पशु प्राविधिक छत्र राई लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा तालिममा सहभागी कृषकहरुलाई प्रमुख अतिथि डा।गिरीले जैविक सुरक्षाका लागि चाहिने स्पेयर ट्याङ्की, औषधि र अन्य आवश्यक सामग्री वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्