नकलबन्दा साकोसको १८ औं माइन्यूट प्रमाणिकरण सभा सम्पन्न

2025-09-20 मा प्रकाशित

नकलबन्दा । मेचीनगर ५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १४ औं माइन्यूट प्रमाणिकरण सभा शुक्रबार यहाँ स्थित नकलबन्दा सामुदायिक सभाहलमा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष केशर प्रसाद तिम्सिनाको सभापतित्व तथा सहकारी संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाकार संयोजक होमराज गुरुङको प्रमुख अतिथ्य रहेको कार्यक्रममा अध्यक्ष तिम्सिनाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दैे आर्थिक समृद्धिको आधार सहकारी भएको बताए । सहकारी बचत तथा ऋण प्रबाह गर्ने संस्थामात्र होइन उनले भने, अब सहकारी सदस्यहरुको जीवन बदल्ने भरपर्दाे माध्यम हो । उनले सहकारीले सामाजिक उत्तरदायीत्व अन्तर्गत थुप्रै कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । ग्रामिण क्षेत्रमा रहेरपनि नकलबन्दा साकोसले सदस्यहरुलाई बिभिन्न सेवा प्रबाह गर्दै समृद्धि तर्फ अघि बढेको उनको भनाइ थियो ।


२०६४ सालमा ७९ जना सेयर सदस्यको ७९ हजार सेयर पुँजीबाट सुरु भएको सहकारीमा हाल २३ सय ३७ जना सेयर सदस्य तथा सेयर पुँजी १ करोड ९ लाख ५३ हजार ९४० रुपैयाँ पुगेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । विषम परिस्थितिमा पनि सहकारीले १८ लाख ४५ हजार नाफा कमाउन सफल भएको तथा सहकारी संस्थाको कुल पूँजी १ करोड ५५ लाख ८९ हजार ६ सय २६ रुपैयाँ ७८ पैसा रहेको तथा १२ धुर जमिनमा २ तले आफ्रनै भवन सञ्चालन गरेर सदस्यको हितमा काम गरिरहेको समेत प्रतिवेदनमा उल्लेख छ ।


सहकारीले सदस्यहहरुको हितलाई ध्यानमा राखेर बिभिन्न राहत कार्यक्रम सञ्चालन गरेको छ । सदस्यहरुलाई कुनै घातक रोग लागेको खण्डमा उपचार राहत कार्यक्रम अन्तर्गत रु ७ हजार प्रदान गर्द आएको छ । सहहकारीले मृत्यु राहत कार्यक्रमलाई ३ भागमा बिभिजन गरेर राहत उपलब्ध गराउँदै अएको छ । १ हजार देखि ३ हजार सम्म सेयर भएका सदस्यको मृत्यु भएमा परिवारलाई ७ हजार १ सय रुपेयाँ, तीन हजार १ सयदेखि ५ हजार सम्म सेयर भएका सदयको हकमा ११ हजार र पाँच हजार १ सय देखि मार्थि सेयर रकम हुने सदस्यहरुको मृत्यु भएमा संस्थाले १६ हजार मृत्यु राहत प्रदान गर्दै आएको तथा सुत्केरी पोषण राहत अन्तर्गत संस्थाले १ हजारदेखि माथि नियमित कारोबार गर्ने महिला सेयर सदस्यहरुलाई जतिपठक सुत्केरी भएपनि रु २१ सय र निःशुल्क बाल बचत खाता सञ्चालन गर्दै आएको सहकारी संस्थाका व्यवस्थापक महेन्द्र बहादुर कुँवरले जानकारी दिए । लेखा प्रतिवेदन लेखा संयोजक टेकबहादुर धिमालले प्रस्तुत गरे ।
कार्यक्रममा पूर्व अध्यक्ष तथा व्यवसय समिति संयोजक मेघराज गेलाल, सञ्चालक समिति सदस्य तथा कर्जा उपसमिति संयोजक इन्द्रबहादु तामाङ, व्यवसाय समिति सदस्य डम्बर बहादुर मगर लगायतको आतिथ्यता रहेको थियो ।
उपाध्यक्ष माया प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक महेन्द्रबहादुर कुँवरले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु