होराइजनका पूर्वविद्यार्थीले बनाइदिए धुलाबारी प्रहरीको झ्याल

2025-09-22 मा प्रकाशित

मेचीनगर, ६ असोज । भदौ २४ गते जेनजी युवाहरुले आन्दोलनको क्रममा क्षति भएका बिभिन्न प्रहरी चौकी तथा प्रहरी बिटहरुको पुनः निर्माण कार्य सुरु भएको छ ।
सोमबार इस्ट होराइजन अलुम्नाइ सोसाइटीले धुलाबारीको क्षतिग्रस्त प्रहरी भवनको झ्याल निर्माण गरिदिएको छ ।
जेनजी आन्दोलनका क्रममा तोडफोड गरेर काम नलाग्ने भएको इलाका प्रहरी कार्यालय धुलाबारीको कार्यालय भवनको झ्यालको पुनर्निर्माण सोसाइटीले गरिदिएको हो ।
सोसाइटीले क्षति ग्रस्त झ्यालहरु निर्माण सम्पन्न गरेको सोसाइटीका अध्यक्ष भूमि पौडेलले बताए । करिब एक लाख रुपैयाँको लागतमा प्रहरी कार्यालयको झ्यालको पुनर्निर्माण गरिएको हो । विद्यालयका पूर्वविद्यार्थीहरुबाट संकलन गरिएको सहयोग रकमले झ्याल निर्माण गरिएको सोसाइटीका महासचिव हिमाल खरेलले जानकारी दिए ।
झ्याल हस्तान्तरण कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले विद्यार्थीबाट संकलन गरिएको रकमबाट सुरक्षाजस्तो संवेदनशील पक्षमा खर्च गरिएको बताए ।
चाडपर्वको मुखमा सुरक्षा दिने निकाय नै असुरक्षित देखिएपछि सोसाइटीले प्राथमिकतामा राखेर धुलाबारी इप्रकाको झ्यालको सबै सेट नयाँ लगाइदिएको अध्यक्ष पौडेलको भनाई छ ।
सोसाइटी इस्ट होराइजन अंग्रेजी माविका पूर्वविद्यार्थीहरुको साझा संस्था हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु