बिर्तामोड । बिर्तामोडमा रहेका आदर्श स्कुल अफ म्यानेजमेन्ट र लिङ्कन मन्टेश्वरीले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको दुर्गा मा.वि. गरामनिको भवन पुनर्निर्माणको नेतृत्व गर्ने घोषणा गरेका छन् ।
आन्दोदनका क्रममा आन्दोलनकारीले विद्यालय भवनमा आगजनी गरेका थिए । आगजनीका कारण भौतिक सामग्री जलेर नष्ट भएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो । विद्यार्थीहरुको पढाइ प्रभावित भएपछि सामाजिक उत्तरदायीत्व महसुस गर्दै यी दुई निजी शैक्षिक संस्थाले पुनर्निर्माण अभियान थालनी गरेका हुन् ।
आदर्श स्कुल अफ म्यानेजमेन्टका संस्थापक निर्देशक सञ्जोग खरेलले आन्दोलनका क्रममा क्याम्पसमा क्षति हुँदा विद्यार्थीको पढार्य प्रभावित भएकोले क्याम्पसको पूननिर्माणमा सहयोग गरेको बताए ।
लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले अभियानलाई अझ व्यापक बनाउन स्थानीय शैक्षिक संस्थाहरूसँग सहकार्य सुरु भएको बताए । उनले यस अभियानमा अन्य निजी शैक्षिक संस्थाहरू पनि जोडिँदै गएको जनाकारी दिए ।हालसम्म न्युटन्स एजुकेसन फाउन्डेसन, गोमेन्द्र बिर्तामोडल स्कुल र निदि मा.वि. पनि पुनर्निर्माण अभियानमा सहभागी भइसकेका छन् । उक्त भवनमा कक्षा २, ३, ४ र ५ पढाइ हुँदै आएको थियो । तत्काल कक्षा ६ र ७ लाई समेत त्यही भवनमा सार्ने तयारी रहेको विध्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटिले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्