छात्र तर्फको भलिबल प्रतियोगितामा एभरेष्ट भ्यूले रच्यो उपाधि

2025-11-18 मा प्रकाशित

मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा सञ्चालित स्पोर्ट मिट २०८२ सप्ताहव्यापी कार्यक्रममा छात्र भलिबल तर्फ मेचीनगर ८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माविले उपाधि रचेको छ ।
धुलाबारी स्थित हिमालयन इङ्लिस एकाडेमीमा आयोजित प्रतियोगितामा तारापुञ्ज इङ्लिस स्कूललाई पछि पार्दै एभरेष्टले उपाधि रचेको हो ।

भलिबल तर्फको उपाधि जितेसँगै एभरेष्ट भ्यू अंग्रेजी मावि अब मंसिर १२ र १३ गते जिल्लामा हुने खेलकुद प्रतियोगितामा सहभागि हुने भएको छ । नगरस्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट बनेका विद्यालयहरु जिल्ला स्तरीय प्रतियोगितामा सहभागि हुने प्याब्सन मेचीनगर अध्यक्ष विक्रम क्षेत्रीले जानकारी दिए ।
छात्र भलिबल तर्फ उपाधि रचेको एभरेष्टले यो सँगै बिभिन्न विद्यामा पदक जित्न सफल भएको छ । एभरेष्टले ज्याम्लिङ् थ्रो मा स्वर्ण पदक, त्यसैगरी छात्र ÷ छात्रा दुबै तर्फकोे सटपट थ्रो खेलमा स्वर्ण पदक हात पारेको छ । जुनियर छात्रा तर्फको एक सय मिटर रेश र सिनियर छात्रा तर्फको ८ सय मिटर रेशमा समेत रजत पदक जित्न सफल भएको छ । त्यसैगरी विद्यालयले छात्रा तर्फको काता प्रतियोगितामा समेत कास्य पदक जित्न सफल भएको विद्यालयका कोअर्डिनेटर रुपसागर अधिकारीले जानकारी दिए । एभरेष्ले यस अघि भएको प्रदेश स्तरीय भलिबल प्रतियोगितामा समेत दोस्रो स्थान हासिल गरेको थियो ।

मंगलबारबाट नगरका बिभिन्न स्थानमा आयोजित कार्यक्रम आइतबार सम्पन्न भएको हो । प्याब्सनले धुलाबारी स्थित हिमालयन इङ्लिस एकाडेमीमा भलिबल, काँकरभिट्टा स्थित सामुदायिक हलमा टेवलटेनिस, बडाखालको खेलमैदानमा फुटबल, सेन्ट्रीको खेलमैदानमा क्रिकेट र मेचीनगर २ स्थित जनसाधारण माविमा एथलेटिक्स प्रतियोगिता  सम्पन्न भएको थियो । औपचारीक समापन कार्यक्रम भने  हिमालयन इङ्लिस एकाडेमीमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु