मेचीनगर । मेचीनगर – ६ स्थित पशुपति अंग्रेजी मावि परिसर शुक्रबार दिउँसो अभिभावक र विद्यार्थीहरुले खचा खच भरियो । विद्यालय परिसर यस्तो लाग्थ्यो, विद्यालयमा कुनै महोत्सव चलिरहेको छ । विद्यालयको परिसर तथा कक्षा कोठामा बिभिन्न आकर्षक सामाग्री प्रदर्शनमा राखिएको थियो । सो सामाग्री नियाल्ने र खरिद गर्नेहरु उत्साहित देखिन्थे । कार्यक्रमलाई विद्यालयले ‘मिनी एक्सपो’ नाम दिएको छ ।

प्रदर्शनीमा विद्यार्थी एवम् शिक्षकहरुले बनाएका आकर्षक डिजाइनका ब्याग, गमला, माला, फूलदानी, कपाल बाँध्ने रवर
, रुमाल, खुत्रुके, सिलम सक्मा, लगायत थुप्रै आकर्षक सामाग्रीहरु तथा चित्रकला निर्माण गरेर राखिएको थियो । कक्षा ५ सम्मका विद्यार्थी एवम् शिक्षकहरुको सीप र प्रतिभा देखेर अभिभावकहरु समेत दंग थिए ।
विद्यार्थीहरुलाई पढाइका अतिरिक्त बिभिन्न अतिरिक्त क्रियाकलापमा दक्ष बनाउन यस किसिमको सीप सिकाएको र उनीहरुको दक्षता, क्षमता र प्रतिभा उजागर गर्न कार्यक्रम आयोजना गरिएको विद्यालयकी प्रिन्सिपल अनिता थापाले बताउनु भयो । ‘कितावी ज्ञानले मात्र अव नानीहरुको भविश्य बन्दैन,’ प्रिन्सिपल थापाले भन्नु भयो, ‘ सीप मुलक शिक्षा आजको आवश्यक्ता हो, यो अभ्यास अभिभावकले घरमा पनि गराउनु पर्छ, हामीले त बाटो दखाउने हो ।’ शिक्षकहरुको साहायताले विद्यार्थीहरुले समेत थुप्रै आकर्शक सामाग्री निर्माण गरेर प्रदर्शनमा राखेको उहाँको भनाइ थियो
कार्यक्रमलाई अवलोकन गर्न पुगेका अभिभावकहरुले विद्यालयको प्रशंसा गर्दै कार्यक्रम अत्यन्तै प्रभावकारी र स्वागत योग्य रहेको प्रतिक्रिया दिनु भएको छ । आफ्ना नानीहरुले निर्माण गरेका आकर्षक हस्तशिल्पहरु ख्रिद गर्दा नानीहरुलाई हौसला हुनका साथै आफूहरु समेत उत्साहित भएको अभिभावको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्