मेचीनगर । मेचीनगर – ५ स्थित बालकल्याण माविले शुक्रबार २०८१÷०८२ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

बिव्यस अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्व तथा मेचीनगर –५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कार्कीले बालकल्याण माविले पछिल्लो समय शैक्षिक क्षेत्रमा ठूलो सफलता हात पर्दै गएको बताए । विगत दुई वर्षदेखि नगरमाका बिभिन्न विद्यालयहरुलाई एस.ईई परीक्षामा पछि पार्न सफल भएको भन्दै उनले शैक्षिक प्रगतिको निम्ति विद्यालय परिवारले खेलेको भूमिकाको प्रशंसा गरे । विद्यालयमा स्थापना गरिएका बिभिन्न अक्षयकोषहरुले शिक्षक तथा विद्यार्थीहरुलाई हौसला प्रदान गर्न सहयोग पुगेको उनको भनाइ थियो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले विद्यालयको आर्थिक वर्ष २०८१ ÷ ०८२ को सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा विद्याययकले एक वर्ष भित्र गरेका शैक्षिक, आर्थिक तथा भौतिक प्रगति समेटिएको छ ।

कार्यक्रमको अवसरमा विद्यालयका पूर्व शि.अ.स अध्यक्ष कमल कुमार देवकोटा, समाजसेवी रामकुमार गिरी, नेपाल स्काउ तालिम विभाग आयुक्त भुवन सुब्बा, नेपाल स्काउट कोशी प्रदेश परिषद सदस्य भगिरथ राई, नेपाल स्काउट मेचीनगर प्रमुख आयुक्त रीता थापा लगायतको आतिथ्यता रहेको थियो ।

सो अवसरमा विद्यालयमा स्काउट दल गठनका विषयमा समेत छलफल भएको थियो । स्काउट दल गठन गर्दा हुने फाइदाको विषयमा नेपाल स्काउट कोशी प्रदेश परिषद सदस्य राईले जानकारी गराएका थिए । उनले स्काउट दल गठन पछि विद्यार्थी अनुशासित मर्यादित एवम् जिम्मेवा हुने कुरामा सहभागिहरुलाई विश्वास दिलाएका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष सुभाष लिम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्