मेचीनगर । नेशनल प्याब्सन मेचीनगरको आयोजनामा पाँचौँ मेचीनगर नगरपालिका स्तरीय अन्तर–विद्यालय कविता प्रतियोगिता सोमबार भव्य रूपमा सम्पन्न भएको छ ।
मेचीनगर–१३ चाराली (तेलीबारी) स्थित डन्बस्को इङ्गलिस बोर्डिङ स्कुल को प्राङ्गणमा आयोजित कार्यक्रममा मेचीनगरका १३ वटा विद्यालयहरुको सहभागिता थियो । प्रतियोगिता नेपाली माध्यम अन्तर्गत जुनियर र सिनियर गरी दुई विधामा सञ्चालन गरिएको थियो ।
विद्यार्थीहरूको साहित्यिक क्षमता, आत्मविश्वास तथा बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगितामा आयोजना गरिएको नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
नेशनल प्याबसनले उद्घाटन सत्र र समापन सत्र गरी कार्यक्रमलाई दुई चरणमा कार्यक्र विभाजन गरेको थियो ।

नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठको सभापतित्व तथा नेशनल प्याब्सनका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष तथा दमक जेम्स स्कुलका संस्थापक श्री जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको उद्घाटन कार्यक्रक्रममा प्रमुख अतिथि श्रेष्ठले यस किसिमका प्रतियोगिताले विद्यार्थीहरूमा लेखन कला, बौद्धिक क्षमता र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले लक्ष्यप्रति दृढ संकल्पका साथ निरन्तर अघि बढ्न आग्रह गर्दै आफ्नै कविता वाचन गरी सहभागी विद्यार्थीहरूलाई उत्साह प्रदान गर्नु भएको थियो ।
सो अवसरमा संस्थाका कोषाध्यक्ष तथा माँ सरस्वती एजुकेसन फाउन्डेसनका प्रिन्सिपल दिपेन्द्र प्रधानले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई नडराइकन सशक्त र सृजनात्मक कविता लेख्न प्रेरित गर्नु भएको थियो ।
आतिथ्य विद्यालयका प्रिन्सिपल पूजा कट्टेलले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो विद्यालयमा कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गरेकोमा नेशनल प्याब्सन मेचीनगरप्रति आभार प्रकट गर्नु भयो ।
कार्यक्रममा मेची आवाजका सम्पादक तथा प्रेस क्लब मेचीनगरका निवर्तमान अध्यक्ष डम्बर बराल, संस्थाका खेलकुद संयोजक गणेश काफ्लेलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको प्रारम्भमा सिताराम सामुदायिक अंग्रेजी विद्यालयका प्रिन्सिपल तथा संस्थाका उपाध्यक्ष राजेश निरौलाले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको व्यक्तित्व विकास, आत्मविश्वास र साहित्यिक क्षमतामा महत्वपूर्ण योगदान पु¥र्याउने चर्चा गर्दै सहभागिहरुलाई स्वागत मन्तव्य गर्नु भएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव जीवन कट्टेलले गर्नुभएको थियो ।

सिनियर तर्फको कविता प्रतियोगितामा आदर्श विद्या मन्दिर कि आयुषा राई प्रथम, ईस्ट होराइजन कि सदीक्षा अधिकारी दोस्रो तथा अंशु एकेडेमी कि सञ्चिता नेपाली तेस्रो घोषित भए ।
त्यसैगरी जुनियर तर्फ दन्तकाली इङ्गलिस बोर्डिङ स्कुल कि ज्ञानु बराल प्रथम, सूर्योदय इङ्गलिस बोर्डिङ स्कुल कि सनम पौडेल द्धितीय र माँ सरस्वती एजुकेसन फाउन्डेसन कि सृष्टि यङ्या तृतीय घोषित भए ।
समापन सत्रमा दन्तकाली इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक तथा संस्थाका खेलकुद संयोजक गणेश काफ्लेले सहभागी सबै विद्यार्थीहरूले उच्च स्तरका कविता प्रस्तुत गरेको उल्लेख गर्दै सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।
प्रतियोगितामा साहित्यकार विनोद खनाल र छन्द कवि हरिप्रसाद रिमालले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।
समापन मन्तव्यका क्रममा नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन भूमिका निर्वाह गर्नुहुने संस्थाको सिंगो टिम, निर्णायक मण्डल, तथा अतिथिहरुलाई आभार सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो । सो अवसरमा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।




प्रतिकृया दिनुहोस्