मेचीनगर । मेचीकृषक बहुमुख सहकारी संस्थाको २६ औं वार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ । मेचीनगर –८ स्थित श्री कृष्ण व्यासाश्रममा आयोजित वार्षिकोत्सव कार्यक्रममा सहकारी संस्थाले बिभिन्न व्याक्तित्वहरुलाई सम्मान गरेको थियो ।

सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सहकारीले मेचीनगर – १० निवासी सहकारी अभियान्ता दुर्गा खतिवडालाई सम्मान गरेको छ । उनलाई स्व. डिकबहादुर स्मृति अक्षयकोष मार्फत सम्मान गरिएको हो । त्यसैगरी सहकारीले उत्कृष्ट बचत कर्ताको रुपमा डुडोसरी राजवंशी, धरणीप्रसाद गुरागाँई, केदारनाथ रिजाल र रुवीना तिम्सिनालाई सम्मान गरेको छ ।

सहकारीले उत्कृष्ट बालबचत सम्मान शिक्षा पौडेललाई प्रदान गरेको छ । त्यसैगरी उत्कृष्ट क्रमिक बचत सम्मान जसोदादेवी चापागाँई प्रदान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट ऋणी तर्फ लोकनाथ सुवेदी, रमिला काफ्ले, रमा पुलामी र बलबहादुर राईलाई सम्मान गरिएको छ । उत्कृष्ट कृषक सम्मान रुपा भट्टराई र माधव काफ्लेलाई प्रदान गरिएको थियो ।
त्यसैगरी सहकारीले कर्मवती लिम्बू, रामप्रसाद तिम्सिना, गोमादेवी भट्टराई, प्रेमबहादुर सुवेदी, धनकुमारी श्रेष्ठ लागायत ३७ जनालाई ज्येष्ठ सदस्य सम्मान प्रदान गरेको छ । सम्मानित सबैजनालाई कार्यक्रममा प्रमुख अतिथि एवम् अतिथिहरुले सम्मान पत्र सहित खादा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी बैंक लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी उप्रेतीले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले अरुको गोठमा रहेको गाईलाई घाँस हाल्दा आफ्नो बाल्टी नभरिने बताउँदै आफ्नो बाल्टीमा दुघ भर्न आफ्नै गोठमा रहेको गाईलाई धेरै भन्दा धेरै घाँस पराल गर्नु पर्ने बताए । पछिल्लो समय सहकारीको सदस्य बन्ने तर वित्तीय कारोबार भने बिभिन्न बैंकहरुमा गर्नै परिपाटी बढेको भन्दै उनले सहकारीलाई दुहुना गाईको संज्ञा दिए । ‘तपाईँले गाईलाई जति स्याहार सुसार गर्नु हुन्छ, गाईले दुध पनि त्यतिनै राम्रोेसँग दिन्छ । नत्र गाई दुब्लाउँदै जान्छ अनि दुध पनि सुक्छ, त्यसैले धेरै दुध लिन अरुको गाईलाई होइन, आफ्नै गाईलाई स्याहार गर्नुहोस्,’उनले भने ।
संस्था सञ्चालनको क्रममाा सञ्चालकहरुको लापर्वाही तथा नीति र विधीको पूर्ण पालना नगर्दा केही सहकारी धरासायी बनेको उल्लेख गर्दै उनले सहकारी सञ्चालनका क्रममा नीति, विधि र प्रक्रियालाई विशेष ध्यान दिन आग्रह गरे ।
उनले मेची कृषक सहकारी संस्था पछिल्लो समय उत्कृष्ट सहकारीको रुपमा स्थापित हुँदै गएको समेत बताए । अघिल्लो आर्थिक वर्षमा मेची कृषक सहकारी राष्ट्रिय सहकारी महासंघ कोशी प्रदेशबाट उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको बताउँदै मेची कृषको थप सफलताको शुभकामना समेत व्यक्त गरे ।

सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्वमा आयोजित कार्यक्रममा अध्यक्ष बुढाथोकीले सहकारीको हाल सम्मको अवस्थाको बारेमा जानकारी गराउँदै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष टिका सुवेदी, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशर प्रसाद तिम्सिना, मेची कृषक बहुमुखी सहकारी संस्थाका संस्थापक अध्यक्ष नारायण बहादुर बस्नेत, सहकारी संस्थाका निवर्तमान व्यवस्थापक दीपक काफ्ले, सम्मानित व्याक्तित्व दुर्गा खतिवडा लगायतले बोलेका थिए ।
सहकारी संस्थाका उपाध्यक्ष दुर्गा प्रसाद सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक विनोद ओझाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्