मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

2026-01-11 मा प्रकाशित

काँकरभिट्टा, । मेची मासु उत्पादक सहकारी संस्थाको अध्यक्षमा खडानन्द भण्डारी सर्वसम्मत चयन भएका छन् ।

शनिबार काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभा हलमा सम्पन्न संस्थाको १८ औं बार्षिक साधारण सभाले भण्डारीलाई अध्यक्षमा चयन गरेको हो ।

४ वर्षे कार्यकालको सञ्चालक समितको उपाध्यक्षमा पुनस् राजकुमार पराजुली चयन भएका छन् ।

यस्तै सदस्यहरूमा डिल्ली कुमार काफ्ले, गणेश बहादुर प्रधान, लक्ष्मी श्रेष्ठ, मीनाकुमारी कटुवाल, नारायण ढुंगाना, देबेन्द्रकुमार खरेल र ओमप्रकाश दुलाल रहेका छन् ।

यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा गोपालप्रसाद शिवकोटी तथा सदस्यहरूमा रप्सन खड्का र ज्ञाननाथ गौतम चयन भएका छन् ।

सभाको निर्वाचन समिति संयोजकमा वीपी भट्टराई तथा सदस्यद्वयमा जगन भट्टराई र हरिमाया ढुंगेल रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा, मासु सहकारीका संस्थापक अध्यक्ष नारायण प्रसाद प्रसाईं, नेकपा एमाले मेचीनगर अध्यक्ष एवम् सहकारी अभियन्ता राजु कार्की, सहकारी अभियन्ता कमल थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा ५ जना ज्येष्ठ नागरिक, एक जना कर्मचारी, १७ जना संस्थापक अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।

संस्थामा २९५८ जना शेयर सदस्य रहेका छन् । २०८२ असार मसान्तसम्म शेयर पुँजी एक करोड ६२ लाख २३ हजार १००, निक्षेप एक करोड ५७ लाख ५५ हजार १५१ रूपैयाँ र लगानीमा रहेको कर्जा एक करोड २६ लाख ४१ हजार ४१२ रूपैयाँ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख रहेको छ ।

संस्थाले व्यवसायका रूपमा बैंक तथा वित्तीय कारोवार, मेची मिट मार्ट ९प्रशोधित मासु विक्री० र मेची मिट एग्रो फर्म ९कुखुरा पालन० सञ्चालन गरिरहेकाले छ ।

मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगिरथ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष पराजुली र सञ्चालन कार्यालय प्रमुख अनिता गुरागाईले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु