मेचीनगर । मेचीनगर ३ स्थित दोकानडाँडा बोर्डिङ स्कूलले बिहीबार ‘स्पोर्ट्स मिट’ २०८२ सम्पन्न गरेको छ । विद्यालयले वार्षिकोत्सवको अवसर पारेर एक सातादेखि विविध खेलकुदका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
विद्यलय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक रोचक नृत्य, गायन प्रस्तुत गर्नुको साथै विज्ञान तथा गणित प्रदर्शनी समेत गरिएको थियो ।

कार्यक्रममा आफ्ना नानीहरुको प्रतिभा र क्षमता देखेर अभिभावकहरु समेत दंग थिए । विद्यार्थीहरुले गणित तथा विज्ञानका बिभिन्न सामाग्री बनाएर प्रदर्र्शीमा राखेका थिए । सो सामाग्री नियाल्नेहरुको भीड पनि बाक्लै थियो । विद्यालयको एउटा भागमा कला प्रदर्शनी चलिरहँदा अर्काे तर्फ खेलकुदका कार्यक्रमले खेलाडी विद्यार्थीलाई थप हौसला समेत बढाइरहेको थियो ।

प्याबसन मेचीनगर अध्यक्ष विक्रम क्षेत्रीको प्रमुख आतिथ्य एवम विद्यालयका पिन्सिपल नेत्र खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सन मेचीनगरका सल्लाकार एवम् थेसिस इङलिस स्कूलका प्रिन्सिपल डम्बर रुचाल, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष देबु बानीयाँ, समाजसेवी जीतबहादुर लावती लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा प्रिन्सिपल खतिवडाले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सोे अवसरमा विद्यालयले बिभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको थियो ।
कार्यमको सञ्चालन विद्यार्थी द्वय स्वीकृत रिजाल, र पर्वत ढुंगानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्