मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा क्षेत्र नंं. १ की उम्मेद्वार निशा डाँगीले ५ वर्षभित्रमा जनताले अनुभूत गर्ने गरी काम गरेर देखाउने बताएकी छन् । शुक्रबार मेचीनगर ५ र ८ नम्बर वडाको घरदैलो अभियानका क्रममा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।
‘यसपालि मतदान गरेर तपाईंले लगानी गर्नुपर्नेछ’ सभामा उनले भनिन्, ‘हामी ५ वर्षपछि जनताको पक्षमा काम गरेर साँवा ब्याज चुक्ता गर्ने छौं ।’ स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको उक्त कोण सभामा उम्मेद्वार डाँगीले दलहरुले ३५ वर्षदेखि जनतालाई झुक्क्याउने काम मात्र गरेको उल्लेख गर्दै अब पनि सचेत नभए कहिले हुने ? भन्दै प्रतिप्रश्न गरिन् ।
‘हामी युवादेखि पाकासम्म जुटेर घरदैलो अभियानमा आएका छौं’ उनले भनिन्, ‘तपाईंका छोराछोरी, नाति नातिनाको भविष्यका लागि भए पनि घन्टीमा मत दिनुस् ।’ पुराना दलहरुले जनतालाई अहिलेसम्म झुक्क्याउँदै आएकाले अब नझुक्किन र परिवर्तनको पक्षमा मत दिन समेत अपील गरिन् ।

प्रतिकृया दिनुहोस्