मेचीनगर ८ स्थित श्री दुर्गा मन्दिरमा भोलिदेखि श्री मद् देवी भागवत महापुराण आयोजना हुँदै

2026-02-21 मा प्रकाशित

मेचीनगर । मेचीनगर ८ स्थित श्री दुर्गा मन्दिर समितिको आयोजनामा भोलि आइतबारबाट ९ दिवसीय श्री मद् देवी भागवत आयोजना हुने भएको छ ।
समाजमा धार्मिक जागरण सञ्चाल गर्दै संस्कारमुलक समाज निर्माण गर्न तथा मन्दिर परिसरमा थप केही संरचनाहरु नर्माण गर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको मन्दिर तथा पुराण आयोजक मूल समितिका अध्यक्ष विष्णुलाल गिरीले जानकारी दिए ।
यही फागुन १० गतेबाट सुरु हुने महापुराणमा व्यासाचार्य पं. शंकर अधिकारी द्वारा संगीतमय कथा प्रवचन हुने भएको छ भने पुराणमा पं.  मेघराज भट्टराईको उपबाचकत्व रहेको समितिले जनाएको छ ।
समितिले पुराण सम्पन्न गर्न बिभिन्न उपसमिति समेत गठन गरेर प्रचार प्रशासरलाई समेत तीब्रता दिएको थियो ।
पुराण उद्घाटन पूर्व भोलि बिहान १० बजे बिभिन्न झाँकी सहित कलश यात्रा निकालिने भएको छ । पुराण स्थलबाट सुरुहुने कलश यात्रा घैलाडुब्बा शिवालय मन्दिर हुँदै पातालगंगा पुगेर सो पवित्र पातालगंगा धामको जल लिएर कलशयात्रा पुनः पुराण स्थल फर्कने जनाइएको छ । समितिले बिहान कलश यात्रामा सहभागि भइदिन सम्पूर्ण धर्मावलम्बीहरुलाई अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु