मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम सम्पन्न

2026-05-09 मा प्रकाशित

मेचीनगर । मेचीनगर पालिकामा शुक्रबार अन्तर धार्मिक सद्भाव कार्यक्रम सम्पन्न भएको छ ।
मेचीनगर नगरपालकिाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको लैङ्गकि ंिहसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत लैङ्गिक हिंसा न्यूनीकरण तथा प्रतिकार्यका लागि अन्तर धार्मिक सदभाव तथा सम्वाद कार्यक्रममा सहभागि धर्म गुरूहरूले महिलाहरूलाई उच्च स्थान, सम्मान र महत्व दिएको बताएका थिए ।
मेचीनगर नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत लैङ्गिक हिंसा न्यूनिकरण तथा प्रतिकार्यका लागि अन्तर धार्मिक सदभाव तथा सम्वाद कार्यक्रममा गुरूहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा वैदिक सनातन धर्म संरक्षण समितिका गुरु शंकरप्रसाद अधिकारी, बौद्व धर्मका गुरु लोपेन दावा टासी गुरु तामाङ, कृशियन धर्मका गुरु राजु खड्का र मुस्लिम धर्मका गुरु अव्दुल मियाँ गुरूले महिलाहरूको स्थान, मर्यादा र महत्त्वलाई उच्च सम्मान दिइएर राखिएको बताएका थिए ।
कार्यक्रमको उदेश्य पनि महिलालाई सबै क्षेत्र, वर्ग, समुदाय, धार्मिक लगायतमा लैङ्गीक हिंसा, घरेलु हिंसा हुने सम्भावनालाई अन्त्य गर्न, लैङ्गीक समानता, सदभावमा धर्म गुरूहरूले ध्यान पुर्याउन र सचेतता अपनाउन जरूरी रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकनश वस्ती, ८ नम्बर वडाका वडाध्यक्ष प्रलादमणि ओली, पुरूष सञ्जाल मेचीनगर अध्यक्ष मोहन काजी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक वीरेन्द्र कोइराला लगायतले
महिलाहरूमाथि हुने लैङ्गीक हिंसा रोकथाम तथा न्यूनिकरणका लागि पनि सबैले आ–आफ्नो ठाउँ र धार्मिक संस्थाहरूबीचमा पनि एकताको साङ्लो बनोस् भन्ने कुरामा जोड दिएका थिए ।
उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा औंचित्यमाथि लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती र केश म्यानेजर अरूणा चौधरीले गरेका थिए ।

कार्यक्रमको सहजीकरण नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु