मेचीनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मेचीनगरका दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीले ४.० जीपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन्। मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् उपसचिव होमनाथ भण्डारीका अनुसार धुलाबारी माध्यमिक विद्यालयका सुमन राजवंशी र बाल सुबोधिनी माध्यमिक विद्यालयका जेनिस भट्टराईले ४.० जीपिए प्राप्त गरेका हुन्।
मेचीनगरका १८ वटा सामुदायिक विद्यालयबाट कुल ९८८ जना विद्यार्थी सहभागी भएकोमा ५४० जना (५४ प्रतिशत) विद्यार्थीले कक्षा उन्नति गरेका छन्। नगरभित्रका विद्यालयहरूमध्ये मेचीनगर–२ स्थित मेची जनसाधारण माध्यमिक विद्यालय शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार देशभरबाट ६५.९८ प्रतिशत विद्यार्थी कक्षा उन्नति (उत्तीर्ण) भएका छन्। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले विगतभन्दा छिटो नतिजा आएको हो। गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट करिब ५ लाख विद्यार्थी सहभागी थिए।

प्रतिकृया दिनुहोस्