मेचीनगर,८ चैत । शिवसताक्षी फुटबल क्लब झापा धुलाबारीमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
धुलाबारी माविको खेलमैदानमा आईबार भएको प्रतियोगितामा पथरी फुटबल क्लब मोरङलाई ५–४ गोल अन्तरले सडनडेथमा पाखा लगाउँदै शिवसताक्षी फुटबल क्लब झिलझिले सेमिफाइनल प्रवेश गरेको हो ।
अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा सुरूवाती अग्रता जोगाउन नसक्दा पथरी मोरङ प्रतियोगिताबाट बाहिरिएको हो ।
खेलको पहिलो हापमा नै पथरी मोरङका एलन राईले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हापमा शिवसताक्षी झिलझिलोको तर्फबाट जनक कोईरालाले एक गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
निर्धारित समयमा दुवै टिमबाट समान एक एक गोल भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा पनि बराबरी भएपछि नतिजा सडनडेथबाट निकालिएको हो, जसमा गोल शिवसताक्षी झापा भाग्यमानी बन्यो ।
खेलमा उत्कृष्ट बचाउ गर्दै म्यान अफ दी म्याच बनेका विजेता टिमका गोलरक्षक विवेक राईले नगद ५ हजार प्राप्त गरे ।
सोमबार ९भेली० को खेल आयोजक रोलिङ फुटबल क्लब धुलाबारी र शसस्त्र प्रहरी बल पकली बीच हुने आयोजकका सचिव महेश खड्काले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्