कविता – एउटा श्रद्धाञ्जली

2023-01-30 मा प्रकाशित

स्पन्दन विनोद

कल्ले देख्ला शव सडकमा ढल्छ आँखै अगाडि
एउटा यस्तो मुलुक छ यहाँ ज्योति जोत्स्ना पछाडि
गंगामाया नियमित मरिन् खै त नन्दप्रसाद
एउटा श्रद्धाञ्जली म सुरुमै लेख्छु आफ्नै प्रसङ्ग॥१

के के गर्छन् शिर कवचले आत्म नै दाह गर्दा
हेर्छन् सारा सुजन रमिता विश्व ब्रह्माण्ड जल्दा
सोचे जस्तै सुखद कनुका धैर्य गर्छिन् र कल्प
एउटा श्रद्धाञ्जली म सुरुमै लेख्छु आफ्नै प्रसङ्ग॥२

खान्छौ खाऊ श्रम र पसिना मर्नु पर्दैन भोलि रु
हे उद्योगी अतिशय ग(यौ भ्रष्ट बोकेर बोली
रोक्छौ बाटो जटिल बहुतै हुन्छ लाचार विश्व
एउटा श्रद्धाञ्जली म सुरुमै लेख्छु आफ्नै प्रसङ्ग॥३

साना बच्चा हृदयभरिका आँसु झार्छन् नदेखौँ
छाती जल्दै कलम नि दुख्यो चोट के के म लेखौँ
एउटा सत्याग्रह समयमै माग्छु टेकी स्वदेश
एउटा श्रद्धाञ्जली म सुरुमै लेख्छु आफ्नै प्रसङ्ग॥४

धेरै पीडा छ प्रतिनिधि हुन् प्रेम आचार्य जस्ता
बुझ्दै जाँदा फगत पथका दुष्ट छन् दैत्य यस्ता
के के पायौ क्षति गरि युवा देशकै अङ्ग भङ्ग
एउटा श्रद्धाञ्जली म सुरुमै लेख्छु आफ्नै प्रसङ्ग॥५

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु