बाहुण्डाँगी जेसीजको पद हस्तान्तरण

2023-02-15 मा प्रकाशित

मेचीनगर, फागुन ३ ।बाहुण्डाँगी जेसीजको ११ औँ पद हस्तान्तरण तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ । मेचीनगर ४, बाहुण्डागी स्थित सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तानले बर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष केवल निरौलालाई पद हस्तान्तरण गरेका थिए । ।

इलामको रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट जेसिजकर्मी तथा उत्कृष्ट पदाधिकारी गरि दुई जनालाई सम्मान गरिएको छ । उत्कृष्ट जेसीजकर्मी तर्फ सामुल राय र उत्कृष्ट पदाधिकारी तर्फ समिर राईलाई कार्यक्रममा सम्मान गरिएको बर्ष २०२२ का कानुनी सल्लाहकार देबु बानियाँले जानकारी दिए ।

कार्यक्रममा विभिन्न शाखाका जेसिजकर्मी तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियोे । गत माघ २८ गते सम्पन्न बाहुण्डागीँ जेसीजको १२ औँ वार्षिक साधारण सभाले केवल निरौलाको नेतृत्वमा बर्ष २०२३ का लागि कार्यसमिति चयन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु