मेचीनगर । झापाको मेचीनगरमा आयोजित एक दिने निस्शुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आँखा परिक्षण गराएका छन् ।
मेचीनगर– ७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने निस्शुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आफ्नो आँखा जाँच गराएका छन् ।
मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको प्राविधिक सहयोग रहेको आँखा शिविरमा १९ जनामा मोतियाबिन्दु समस्या देखिएको थियो । उनीहरुलाई आराध्य साकोसको समन्वयमा एक हप्ता भित्र शौलियतमा मेची नेत्रालयले अप्रेसन गरिदिने संस्थाका व्यवस्थापक दुलप मेचेले जानकारी दिए ।
आँखा शिविरमा हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पताल काठमाडौंले दुई सय जनालाई जाँचको आधारमा नि९शुल्क चस्मा वितरण गरेको थियो । त्यस्तै स्थानीय सावित्रा मेडिकल हलले पनि आँखा शिविरमा उपस्थित सबैको निस्शुल्क ब्लडप्रेशरलगायतको स्वास्थ्य जाँच गरेको थियो । आराध्य बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष गीता राजवंशीको अध्यक्षतामा आयोजना भएको आँखा शिविरको उद्घाटन मेचीनगर(७ का वडाध्यक्ष प्रल्हादमणी ओलीले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष ओलीले संस्थाले मानीसको सबैभन्दा संवेदनशिल अंग आँखाको स्वास्थ्य सम्बन्धि निशुल्क जाँच र उपचार गराउने कार्य प्रशंसनिय रहेको बताए । उनले प्राय सहकारी संस्थाहरुले बचत र ऋणको कारोवार मात्रै गर्ने गरेकोमा आराध्य साकोसले सामाजिक उत्तरदायि वहन गर्दै त्यसदेखि बाहिरपनि विभिन्न कार्य गरिरहेको अवगत गराए । साथै आगामी दिनमा स्थानीय सरकारको समन्वयमा पनि विभिन्न जनमुखी कार्यक्रम संस्थासंग सहकार्य गरेर गर्ने बताए ।
संस्थाका उपाध्यक्ष युवराज आचार्य, सचिव कमल ढुङ्गेल, लेखा समिति संयोजक नारायण दंगाललगायत स्थानीय टोलविकास समितिका अध्यक्षलगायतको आतिथ्यता रहेको कार्यक्रम सञ्चालन समितिका सदस्य अनुप मेचेले गरेका थिए ।
प्रतिकृया दिनुहोस्