राष्ट्रिय आवास कम्पनीलाई तत्काल जग्गा हस्तान्तरण गर्न नगरप्रमुख बुढाथोकीको आग्रह

2023-06-23 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई मेचीनगर क्षेत्रमा रहेको जग्गा तत्काल उपलब्ध गराउन भनेका छन् । उनले सम्झौता भए अनुसारको बिक्रि गर्नुपर्ने जग्गा बिक्रि र सार्वजनिक प्रयोजनका जग्गाहरु निःशुल्क रुपमा तत्काल उपलब्ध गराउन राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई पत्रचार गरेका हुन् ।

बिगत लामो समयदेखि राष्ट्रिय आवास कम्पनी लिमिटेडले विभिन्न बहानामा जग्गा उपलब्ध गराउन आलटाल गर्दै आइरहेको छ । तर, अब त्यस्तो आलटाल नगरपालिकालाई सह्य नहुने भन्दै उनले कम्पनिले २०४९ सालमा तत्कालिन काँकरभिट्टा गाविस हाल मेचीनगर ६ स्थित ६० विगाहा जग्गा तत्कालिन सरकारको निर्णय वमोजिम व्यवस्थित वसोवासका लागि अक्तियार प्राप्त गरी कार्यराम्भ गर्ने क्रममा विक्री गर्ने जति जग्गा विक्री गरी सार्वजनिक प्रयोजनका जग्गाहरु वसपार्क, देवकोटा पार्क, क्याम्पस, विद्यालय, खेलमैदान, खानेपानी९ मिनी मार्केट, बडा कार्यालय परिसर, वि।पि पुस्पलाल तथा सहिद स्मृति वाटिका, मठ मन्दिर लगायतका जग्गाहरु निःशुल्क हस्तान्तरण गर्नुपर्नेमा विगत ३२ वर्ष देखि आलटाल गर्दै आइरहेको बताए । उनले अझैसम्म पनि केहि जमिनमा वसोवास गराएका मानिसहरुलाई पुर्जा वितरण गरिएको छैन ।

राष्ट्रिय आवास कम्पनी लिमिटेडले सार्वजनिक उपयोगको जमिनहरु हस्तान्तरण नगर्दा अहिले भौतिक पूर्वाधार निर्माणमा समस्या भएको नगरप्रमुख बुढाथोकी बताउँछन् । आफुले यसै आर्थिक बर्षमा मात्रै ६ पटक भेटवार्ता र छलफल गरी वैशाख मसान्तसम्ममा नै निर्णय गर्ने र हस्तान्तरण गर्ने छलफलको सहमति भएको थियो । तर अहिले निर्णय नगर्ने जवाफ पाए पछि नगरपालिका स्तब्ध भएका उनको भनाई छ ।

विगत तीन दशक अघिदेखि मेचीनगरले व्यहोरी रहेको यस्तो प्रवृतिको अन्त्य गर्दै तत्काल यहि असार मसान्तसम्म निर्णयगरी जग्गा हस्तान्तरण गर्न नगरपालिकाले ताकेता गर्दै पत्र पठाएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु