युवा नागरिक समाज मेचीनगर अध्यक्षमा खड्का

2023-07-09 मा प्रकाशित

मेचीनगर, २४ असार । धुलाबारीका युवा नेता एवम् समाजसेवी प्रकाश खड्काको अध्यक्षतामा युवा नागरिक समाज मेचीनगर गठन भएको छ ।

धुलाबारीको होटल रोयल निर्माणमा एक कार्यक्रमको आयोजना गरेर युवा नेता खड्काको नेतृत्वमा सो संस्था गठन गरेको हो ।

युवाहरुको भेलाले खड्काको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा प्रविन भण्डारी, उपाध्यक्षमा रोशन भुजेल, सचिवमा ओमप्रसाद तिम्सिना, सहसचिवमा रमेश निरौला, कोषाध्यक्षमा पुजन खवास र सहकोषाध्यक्षमा कृष्ण मेचे चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा काशीनाथ पौडेल, बालकृष्ण धिताल, प्रकाश शाह, धनराज गिरी, राजेश कट्टेल, योगेन प्रधान, कृष्ण खड्का, शिवशंकर शाह, राजन सापकोटा, विकास बस्नेत, बलबहादुर राजवंशी, शिव दाहाल, गोपिकृष्ण रिजाल र तुलसी राई छन् ।

मेचीनगरलाई सुन्दर र समृद्वि, समाजका विकृति, विसंगती र भष्ट्रचारलाई निर्मुल पार्ने उद्देश्यले युवा सो संस्था गठन गरिएको अध्यक्ष खड्का बताए ।

युवा नागरिक समाज झापा अध्यक्ष केशव भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष डिल्ली सुब्बा, कोषाध्यक्ष रामचन्द्र मैनाली, भद्रपुर अध्यक्ष प्रेम खनाल लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु