सञ्चार प्रतिष्ठानमा प्रमुख प्रशासकीय अधिकृत पराजुलीले लगाए ताला

2023-07-15 मा प्रकाशित

मेचीनगर, ३० असार । मेचीनगर सञ्चार प्रतिष्ठानको कार्यालय स्थापना हुनु अघि नै कार्यालयमा ताला लागेको छ । नगरपालिकाले नगर भित्र सञ्चार प्रतिष्ठानका लागि उपलब्ध गराएको कोठामा प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले ताला लगाईदिए पछि प्रतिष्ठानको कार्यालय खुल्ने विषयमा अन्योल भएको हो ।

नगरको तेस्रो तलामा प्रतिष्ठानको कार्यालय राख्ने भनेर कोठामा रंगरोगनको काम, फर्निचर, ल्यापटप र प्रिन्टर समेत खरिद गरि प्रतिष्ठानले कार्यालय स्थापनाको तयारी गरेको थियो । अधिकृतले ताला लगाए पछि सञ्चार प्रतिष्ठानको कार्यालय स्थापना गर्ने बिषय अन्योलमा परेको छ । नगर प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने, सञ्चार प्रतिष्ठानकाको कार्यालय नगरपालिका परिषर बस्ने आफुलाई कुनै जानकारी नभएको बताए । नगरपालिका भित्र एउटा कोठा खाली देखिएको हुनाले आफुले ताला लगाएको उनले बताए ।

नगर भित्र सञ्चार प्रतिष्ठानको कार्यालय स्थापनाको तयारी भइरहेको प्रतिष्ठानका सदस्य सचिव प्रकाश पौडेलले बताए । प्रतिष्ठानका सदस्य सचिव पौडेलले भने, नगरपालिकाले उपलब्ध गराएको कोठामा नै प्रतिष्ठानको कार्यालय स्थापनाका लागि रंगरोगन र फर्निचर लगायतको व्यवस्था भइसकेको छ तर उक्त कोठामा ताला लगाएको बिषयमा हामीलाई आधिकारीक जानकारी नभएको बताए ।

नगरमा विवादका बिच गठन गरिएको सञ्चार प्रतिष्ठानको कार्यालय व्यवस्थापनका लागि भन्दै मेचीनगर नगरपालिकाले चालु आर्थिक बर्ष २०७९र०८० मा २ लाख ५० हजार रकम बिनियोजन भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु