गौहत्याको विरोधमा हिन्दुधर्मावलम्बी आन्दोलित

2023-08-26 मा प्रकाशित

झापा, ९ भाद्र । गौहत्याको विरोधमा यतिखेर देशभरका हिन्दुधर्मावलम्बीहरु आन्दोलित बनेका छन् । केही दिन अघि धरानमा गोरु काटेर मासु खाएको र मन्दिरको अगाडि चर्ज बनाएको विषयले हिन्दुधर्मावलम्बीहरु आन्दोलित बनेका हुँन् । त्यसैको विरोमा आज देशभरबाट हिन्दुधर्मावलम्बीहरु घरान केन्द्रित भएका थिए । तर उनीहरुलाई प्रशासनले धरान सम्म पुग्नै दिएन । झापाबाट गौहत्याको विरोधमा धरान हिँडेकाहरुलाई झापा प्रशासनले चारपानेमा रोकिदियो ।

बस रोकिएपछि हिन्दु धर्मावलम्बीहरुले सडकमै विरोध जनाए । शान्तिपूर्ण आन्दोलनमा हिडेको समूहलाई प्रहरीले रोकेपछि प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका थिए ।

प्रशासनले बाटो छेकेर अगि बढ्न नदिएपछि हिन्दु धर्मावलम्बीहरुले गौ हत्या गर्न पाइदैन, हिन्दु राष्ट्र कायम गर भन्दै नाराबाजी गरिरहेका छन् ।

शंख ध्वनीसहित विरोध जनाइरहेका उनीहरुले गौ हाम्रो आमा हुन्, गौ हत्यारालाई कारबाहीको माग गरेका छन् । उनीहरुको विरोधका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।

प्रदर्शनका क्रममा हुन सक्ने अप्रीय क्षति रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राती १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु