बिबिध कार्यक्रम सहित बाहुनडाँगी जेसीजले जेसीज सप्ताह मनाउने, सम्पूर्ण तयारी पुरा

2023-09-03 मा प्रकाशित

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले बिबिध कार्यक्रमका साथ जेसीज सप्ताह मनाउने भएको छ । पाँच दिनमा आठवटा कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने योजना सहित सम्पूर्ण तयारी पुरा भएको जेसीजले जनाएको छ ।
शनिबार प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरेर जेसीजले कार्यक्रमको सम्पूर्ण तयारी पुराभएको जानकारी दिएको हो ।
आगामी भदौ २० गते कृष्ण जन्म अष्टमीका दिन मेचीनगर –१ स्थित कृष्णथुम्की मन्दिरमा पानी वितरण गरेर उद्घाटन हुने जेसीस सप्ताह बिभिन्न कार्यक्रम सम्पन्न गर्दै भदौ २६ गते हात्ती रिसोर्टमा समापन हुने बाहुनडाँगी जेसीजका अध्यक्ष केवल निरौलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनको अध्यक्षता गर्दै अध्यक्ष निरौलाले जेसीजले हरेक बर्ष सामाजिक क्षेत्रमा योगदान गर्दै जेसीज सप्ताह मनाउने गरेको बताए । उनले जेसीस सप्ताह कार्यक्रमलाई व्यापक रुपमा प्रचार गरिदिन अनुरोध समेत गरे ।


जेसीजका उपाध्यक्ष एवम् कार्यक्रमका संयोजक सामुल रायाले सप्ताह भरी गरिने कार्यक्रमको तालिका प्रस्तुत गरेका थिए । उनका अनुसार २० गते उद्घाटन तथा कृष्ण थुम्कीमा पानी वितरण, २१ गते मेचीनगर १ स्थित दीपेन्द्र प्राविमा शैक्षिक सामाग्री वितरण, २१ गतेनै एरिना फुटसल धुलाबारीमा मैत्रिपूर्ण फुटसल खेल, २३ गते मेचीनगर –४ स्थित सामुदायिक हलमा मेचीनगर स्तरीय अन्तर मावि लोक सांस्कृतिक नृत्य प्रतियोगिता, २५ गते मेचीनगर – २ वडाकार्यालयमा पव्लिक स्पिकिङ तालिम सोहिदिन बलभद्र आधारभूत विधालयमा सर्पदंर्श उपचार सम्बन्धी तालिम त्यसपस्चात सोही दिन मेचीनगर– २ को वडार्कालयमा महिला नेतृत्व विकास तालिम सम्पन्न हुने छ ।
सो अवसरमा बाहुनडाँगी जेसीसका पूर्व अध्यक्ष दीपक बरालले पत्रकारले गरेका जिज्ञासालाई मेटाएका थिए । महासचिव नित्यानन्द चम्लागाईँले सञ्चालन गरेका थिए । पत्रकार सम्मेलनको संयोजन प्रेस क्लव मेचीनगरका सचिव एवम् जेसीजकर्मी देबु बानियाँले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु